२०८१ चैत्र १८, मंगलबार
नयाँ
पछिला अपडेट

कावासोतीकी तिलमाया ११ महिनापछि बाकसमा फर्किँदा गाउँ शोकमा डुब्यो

२०८१ चैत्र ५, बुधबार प्रकाशित ( हफ्ता अघि) ३९८० पाठक संख्या

कावासोती । मङ्गलवार बिहानको मधुरो घाम लाग्दै गर्दा नवलपुरको कावासोती नगरपालिका–४ हसौरामा धनमाया सार्कीको घरमा शोकमग्न भीड जम्मा भइसकेको थियो । घरको आँगनमा राखिएको बाकसले त्यहाँको वातावरण अझ गम्भीर बनाइदिएको थियो । प्ररदेशी भूमिमा श्रम बेच्न जानु भएकी धनमायाकी छोरी तिलमाया अब कहिल्यै नफर्किने गरी आफन्तका बिचमा बाकसभित्र आइपुग्नु भएको थियो । घरको आँगनमा उभिएकी छ वर्षीय नातिनी फेरि सोध्छिन्,“हजुरआमा, ममी कहिले आउनु हुन्छ रु“ तर, ७० वर्षीय हजुरआमा धनमाया केही भन्न सक्नुहुन्न ।

उहाँ चुपचाप आँसु पुछ्नुहुन्छ र बन्द बाकसतिर हेरिरहनु हुन्छ, जहाँ उहाँकी २६ वर्षीय छोरी तिलमाया सार्की चिरनिद्रामा सुतिरहनु भएको छ । घरको माहोल शोकमग्न छ । छिमेकीहरू मौन छन् । कसैले भन्न पनि सक्दैन—“तिम्रो ममी अब कहिल्यै फर्किनु हुन्न ।”
तिलमाया सार्कीले यो बाटो सजिलोसँग रोज्नु भएको थिएन । श्रीमान सँग सम्बन्ध विच्छेद भए पछि छोरीका लागि आमाबुबा दुवैको भूमिका निर्वाह गर्नु उहाँको बाध्यता बन्यो । गाउँमा रोजगारी थिएन । उधारोले घर चल्न सकेन । अनि, उहाँले मलेसियाको बाटो रोज्नु भयो ।“म केही वर्ष दुःख गर्छु, छोरीलाई राम्रो बनाउँछु”, भन्दै उहाँले ६ वर्षीय छोरीलाई वृद्ध आमाको जिम्मा लगाउनु भयो र मलेसियातर्फ लाग्नु भयो । तर परदेशी भूमिले तिलमायालाई चाँडै नै गुमाइदियो ।

गत वैशाख २६ गते मातातिर्थ औँसीको दिन आमाको मुख हेर्ने भन्दै मलेसिया वाट तिलमाया सार्कीले गरेको फोन नै अन्तिम फोन थियो । त्यसको केही दिन पछि अचानक फोन आयो“तिलमायाको हत्या भयो”।
यो खबरले परिवारलाई छिया–छिया बनायो । पाकिस्तानी नागरिकले तिलमायाको हत्या गरेको खबर पुष्टि गर्न नै केही हप्ता लाग्यो । अन्ततः सरकारी प्रक्रिया पुरा गरी हत्या भएको ११ महिना पछि तिलमायाको शव बाकसमा घर आइपुग्यो ।तिलमायालाई अन्तिम श्रद्धाञ्जली दिन गाउँका सबै जम्मा भए । धार्मिक परम्परा अनुसार गर्नु पर्ने विधि पुरा गरी तिलमायाको अन्तिम संस्कार गरियो ।

मृत्यु भएकी छोरीलाई अन्तिम पटक भए पनि हेर्ने आमा धनमायाको अठोटले तिलमायाको शव घर सम्म आइपुगेको हो । हत्या गरिएको बीभत्स शव नेपाल ल्याउनका लागि घर परिवारले ११ महिना सम्म वडा कार्यालय, नगरपालिका हुँदै धेरै ठाउँमा धाउनु परेको थियो । आप्रवासन केन्द्रको निरन्तरको प्रयास र आफूहरूको प्रयासलाई बल पुग्ने गरी समाचारहरू आए पछि शव नेपाल ल्याउन सम्भव भएको सुरक्षित आप्रवासन केन्द्र ९सामी परियोजना० की परामर्शदाता रञ्जना लम्सालले बताउनु भयो ।“सम्पूर्ण कागजात मिलाएर आप्रवासन केन्द्रमा शव झिकाउनका लागि आग्रह गर्दा पनि सुनुवाइ हुन सकेको थिएन”,उहाँले भन्नु भयो,“शव नेपाल ल्याइए पनि राहत रकमको लागि पहल भइरहेको र १५-२० दिनमा राहत पनि आइसक्ने छ ।

” वैदेशिक रोजगार बोर्ड र बिमा कम्पनीले राहत रकम उपलब्ध गराउनेछ भने मलेसियामा अदालतको फैसला पछि मात्र हत्या गरेका व्यक्तिबाट क्षतिपूर्ति रकम भराइने भएको छ । सुरक्षित आप्रवासन केन्द्रको तथ्याङ्क अनुसार नवलपुरमा चालु आर्थिक वर्षको अहिलेसम्म वैदेशिक रोजगारीमा गएका मध्य २० जनाको मृत्यु भएको छ । मृतक मध्य अझै दुई जनाको शव नेपाल ल्याउन बाकी रहेको छ । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२०%१%१%६०%१%

प्रतिक्रिया दिनुहोस