चोरमारा । मध्यविन्दु नगरपालिकामा पुरुष तथा महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । नगर खेलकुद विकास समितिका सदस्य सचिव हिमाल सिंह ठकुरीका अनुसार तेस्रो मध्यविन्दु कप फुटबल प्रतियोगिता चैत २५ गतेदेखि सुरु हुनेछ ।
वडा स्तरीय फुटबल प्रतियोगिताको लागि चैत २० देखि २४ गतेसम्म नगर खेलकुद विकास समितिमा सम्पर्क गरी दर्ता गर्न सकिने छ । प्रतियोगिता चैत २५ देखि २९ गतेसम्म मध्यविन्दु -२ स्थित राइनो रंगशालामा सञ्चालन हुनेछ।
वडास्तरका खेलाडीलाई पालिका, जिल्ला हुँदै राष्ट्रिय तथा उच्च स्तरसम्म पु¥याउन प्रतियोगिता प्रभावकारी हुने विश्वास लिएको ठकुरीले बताए। प्रतियोगितामा दर्ता शुल्क नलाग्ने र पुरुषतर्फ विजेतालाई क्रमशः ३० हजार, २० हजार तथा तृतीय र सान्त्वना स्थान हासिल गर्ने टिमलाई ५र५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ।
यस्तै, महिलातर्फ प्रथम हुने टिमलाई २० हजार, द्वितीयलाई १० हजार तथा तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने टिमलाई ३-३ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने नगर खेलकुद विकास समितिले जनाएको छ।