२०८१ चैत्र २९, शनिबार
नयाँ
पछिला अपडेट

नारायणीमा डुबेर गैँडाकोटका दिदी–भाइ बेपत्ता

२०८१ चैत्र २५, मंगलबार प्रकाशित ( दिन अघि) १६०४ पाठक संख्या

गैँडाकोट — नारायणी नदीमा डुबेर गैँडाकोट नगरपालिका–१ कुमालटोलका दिदी–भाइ बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार १३ वर्षीया दिक्षा सेर्पुजा र ९ वर्षीय स्वपनील सेर्पुजा आइतबार दिउँसो बृटिसक्याम्पस्थित नारायणी नदीमा डुबेर बेपत्ता भएका हुन्। उनीहरू हजुरआमासँग बृटिसक्याम्प पुगेका थिए।

साँझ पौने ६ बजे हजुरआमाको चप्पल नदीमा खसेपछि सोही चप्पल टिप्न भन्दै उनीहरू नदीतिर पसेका थिए । तर, गहिरो पानीमा पुगेपछि दुवैजना बाहिर ननिस्किएको प्रहरीले जनाएको छ।

बेपत्ता दिक्षा र स्वपनील स्थानीय नेपाल राष्ट्रिय शम्सेर आदर्श माध्यमिक विद्यालयमा क्रमशः कक्षा ७ र कक्षा ४ मा अध्ययनरत थिए । उनीहरूले वार्षिक परीक्षा दिएर नतिजाको पर्खाइमा थिए।

घटनास्थलमा सुरक्षाकर्मी र स्थानीयवासीको टोलीले खोजी कार्य जारी राखेको छ। समाचार तयार पार्दासम्म उनीहरूको अवस्था अज्ञात छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%२१%

प्रतिक्रिया दिनुहोस