२०८१ चैत्र २९, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरको हुप्सेकोटमा करेन्ट लागेर ४ वटा बाख्राको मृत्यु

२०८१ चैत्र २७, बिहिबार प्रकाशित ( दिन अघि) २०८ पाठक संख्या

नवलपुर । नवलपुरको हुप्सेकोट गाउँपालिका–५ राम्चेस्थित हिले सामुदायिक वनमा करेन्ट लागेर ४ वटा बाख्राको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार साँझ करिब ५:५० बजेको समयमा सिमसिमे पानी परिरहेको बेला डेन्टि सिंजालीले चराउन लाएका बाख्रा करेन्ट लागेर मरेका हुन्।

प्रहरीका अनुसार बाख्रा चराउने क्रममा नजिकै रहेको विद्युतको पोलबाट तार सर्ट भई डिस्क हुँदै जमिनमा जमेको पानीमा करेन्ट प्रवाह भएको थियो। सोही क्रममा उक्त स्थानमा चरिरहेका ४ वटा बाख्रा करेन्टको चपेटामा परेर घटनास्थलमै मरेका हुन्।

मानविय क्षति भने नभएको प्रहरीको भनाइ छ । घटनापछि प्रहरी टोली घटनास्थलमा खटिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस