२०८१ चैत्र २९, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा ट्रक, बस र मोटरसाइकल ठोक्किँदा तीन घाइते

२०८१ चैत्र २८, शुक्रबार प्रकाशित ( दिन अघि) ६७३ पाठक संख्या

नवलपुर — नवलपुरको देवचुली नगरपालिका–१४ दलदले चोक नजिकै पूर्व–पश्चिम राजमार्गमा ट्रक, बस र मोटरसाइकल आपसमा ठोक्किँदा तीन जना घाइते भएका छन्।

शुक्रबार बिहान करिब ९:१५ बजे भैरहवाबाट नारायणगढतर्फ जाँदै गरेको बा.प्र.०३–००१ख ३५३४ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा लु २ ख ६४३३ नम्बरको बसले ग.प्र.०४–००१ प २२८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा देवचुली–१ केउरेनीका २९ वर्षीय मोटरसाइकल चालक विशाल अर्जेलको बाँया खुट्टा र छातीमा चोट लागेको छ । पछाडि सवार ३२ वर्षीया करिश्मा तिवारीको टाउको र खुट्टामा चोट लागेको छ । दुवैको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

त्यसैगरी, बसका सहचालक ३२ वर्षीय रमेश रानाभाटको टाउको र खुट्टामा गम्भीर चोट लागेकाले उनलाई तत्काल भरतपुरस्थित नयाँ मेडिकल कलेज सीएमसी पठाइएको प्रहरीले जनाएको छ।

घटनापछि इलाका प्रहरी कार्यालय रजहरका प्रहरी निरीक्षक सुशिल घिमिरेको कमाण्डमा ट्राफिक प्रहरीसहितको टोली तथा प्रहरी हवल्दार राजु बिकको नेतृत्वमा घटनास्थलमा पुगेको थियो। प्रहरी टोलीले तीनवटै सवारीसाधन नियन्त्रणमा लिएको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%६%

प्रतिक्रिया दिनुहोस