२०८१ चैत्र २९, शनिबार
नयाँ
पछिला अपडेट

बिनयी खोलामा आएको बाढीले डाइभर्सन बगायो, बुटवल-नारायणगढ सडक अवरुद्ध

२०८१ चैत्र २९, शनिबार प्रकाशित ( घण्टा अघि) ३०५ पाठक संख्या

कावासोती — सनिवार परेको वर्षापछि बिनयी खोलामा आकस्मिक बाढी आउँदा बुटवल–नारायणगढ सडकखण्डअन्तर्गत बिनयी खोलामा निर्माण गरिएको अस्थायी डाइभर्सन बगाएको छ। डाइभर्सन बगाउँदा सडक सेवा पूर्ण रूपमा अवरुद्ध भएको हो।

सडक अवरुद्ध भएपछि हाल दुवै तर्फका सवारी साधन सञ्चालनमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। विशेषगरी बुटवल र नारायणगढ जोड्ने यो महत्त्वपूर्ण राजमार्ग बन्द हुँदा यात्रुहरू अलमलमा परेका छन्।

सडक सञ्चालनमा ल्याउन डाइभर्सन मर्मत कार्यका लागि सम्बन्धित निकायले पहल गरिरहेको छ । त्यतिन्जेलसम्मका लागि अत्यावश्यक सवारी साधनहरूलाई होङ्सी गेट हुँदै होङ्सी सिमेन्ट जाने वैकल्पिक मार्ग हुँदै दुम्किवासतर्फ पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ। प्रहरीका अनुसार सडक पूर्ण सञ्चालनमा आउन केही समय लाग्ने देखिएको छ। यात्रुलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस