२०८२ बैशाख १३, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा ७ जना आयातित औँलोका बिरामी फेला

२०८२ बैशाख १२, शुक्रबार प्रकाशित ( दिन अघि) १४६ पाठक संख्या

नवलपुर — नवलपुरमा चालु आर्थिक वर्ष २०८१-८२ को हाल सम्म सात जना औँलो मलेरियाका बिरामी भेटिएका छन् ।

प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरका अनुसार चालु आर्थिक वर्षमा भेटिएका सातै जना औँला रोगीहरू पुरुष रहेका छन् । सात जना मध्य एक जना शान्ति सैनिकका रूपमा सुडानमा खटिएर आएका नेपाली सेनाका जवान रहेका छन् भने बाकी छ जना भारतमा रोजगारी गरी फर्किएका रहेका छन् ।

जिल्लामा विगतका वर्षहरू देखिनै औँला शून्य रहे पनि आयातित९अन्य देशमा सङ्क्रमण भई यहाँ आएको० बिरामी बर्सेनि फेला पर्ने गरेको प्रदेश जनस्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन निरीक्षक डिल्लीराम तिवारीले बताउनुभयो । भारतमा कामका लागि गएर आफ्नो घर आउने क्रममा औँलो रोग पत्ता लाग्ने केश बर्सेनि देखिएको छ”,उहाँले भन्नु भयो,“यहाँ नै औँलो लागेको बिरामी भेटिएको छैन ।”

नवलपुरमा आर्थिक वर्ष २०७५र०७६ मा १३, २०७६र०७७ मा ११, २०७७र०७८ मा तीन, २०७८र०७९ र २०७९र०८० मा छरछ र २०८०र०८१ मा चार जना औलोका बिरामी देखिएको थियो । विगत सात वर्षको तथ्याङ्क हेर्दा २०७८-०७९ मा एक जना महिलामा औँलो देखिएको र अन्य सबै पुरुष रहेको ल्याब टेक्निसियन निरीक्षक तिवारीले जानकारी दिनुभयो ।

“विगत सात वर्षका सबै केशहरू आयातित नै रहेका छन्, आयातित औँलो निवारण नै नेपालका लागि मुख्य चुनौती बनेको छ”,उहाँले भन्नु भयो । नेपालले सन् २०२५ सम्म औँलो निवारण गर्ने लक्ष्य लिएको छ । स्थानीय औँलोलाई शून्यमा पुराउन औँलो बिरामीको खोजपड्ताल तथा औँलो निवारणका लागि आवश्यक सूचना प्रदान गर्ने गरिएको छ ।

लामखुट्टेको टोकाइबाट नै यस्ता रोग फैलने हुँदा यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्ने निरीक्षक तिवारीले बताउनुभयो । औँलो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सरुवा रोग हो । औँलो सङ्क्रमित ‘एनोफिलज’ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । औँलो सामान्य र कडा लक्षण सहितका गरी दुई प्रकारका हुन्छन् । जसलाई समयमै उपचार नगरे ज्यानै जान सक्ने तिवारीले बताउनुभयो ।

औँलो रोग लागेमा सामान्यतया ज्वरो आउने, टाउको दुख्ने, वाकवाक लाग्ने, बान्ता हुने लक्षण देखिन्छ । लक्षण देखिएका व्यक्तिले तत्काल स्वास्थ्य परीक्षण गराउन उहाँले सुझाव दिनुभयो । अप्रिल २५ का दिन आज विश्व औँलोका दिवस नेपाल सहित विश्वभर मनाइँदै छ । यस वर्षको औँलो दिवसको नारा ‘पुनर्लगानी,पुनर्सोच र पुनर्जागरणःहामीबाटै औलो निवारण’ तय गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस