Advertisement
  • होमपेज
  • समाचार
  • नवलपुर विशेष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • आर्थिक
  • समाज
    • राष्ट्रिय
    • अपराध
    • खेलकुद
    • अन्तर्वार्ता
    • स्वास्थ्य/शिक्षा
    • सुचना/प्राविधि
  • साहित्य
    • धार्मिक
    • संस्कृति
    • कविता/गजल
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • ब्लग
    • विचार
    • प्रवास
    • पर्यटन
    • फिचर
    • रोजगार
    • राम्रो संसार
    • अन्तर्राष्ट्रिय
    • रोचक विश्व
    • सिफारिस
    • पत्र-पत्रिका
English
No Result
View All Result
TRENDING
कोरोना संक्रमण नवलपुर मध्यविन्दु नगरपालिका लकडाउन मृत्यु #दुर्घटना #नेपाल #राजनीतिक #चितवन
Nawalpur News
  • होमपेज
  • समाचार
  • नवलपुर विशेष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • आर्थिक
  • समाज
    • राष्ट्रिय
    • अपराध
    • खेलकुद
    • अन्तर्वार्ता
    • स्वास्थ्य/शिक्षा
    • सुचना/प्राविधि
  • साहित्य
    • धार्मिक
    • संस्कृति
    • कविता/गजल
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • ब्लग
    • विचार
    • प्रवास
    • पर्यटन
    • फिचर
    • रोजगार
    • राम्रो संसार
    • अन्तर्राष्ट्रिय
    • रोचक विश्व
    • सिफारिस
    • पत्र-पत्रिका
English
No Result
View All Result
English

बडादशैँको आज दोस्रो दिन,ब्रह्मचारिणीको विशेष पूजा

नवलपुर न्यूज नवलपुर न्यूज
२ कार्तिक २०७७, आईतवार
बडादशैँको आज दोस्रो दिन,ब्रह्मचारिणीको विशेष पूजा
नवलपुर ,२ कार्तिक  – बडादशैं अन्तर्गत आज नवरात्रको दोस्रो दिन, शक्तिपीठहरुमा माता भगवती ब्रह्मचारिणीको विशेष पूजाअर्चना गरिँदै छ ।

ब्रह्मचारिणी देवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा पूजाअर्चना गर्ने प्रचलन छ । ब्रह्मचारिणीदेवीको आराधनाले व्यक्तिलाई ब्रह्म अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचार्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरुमा उल्लेख छ ।

सांसारिक मायामोहको जञ्जालबाट मुक्त गराई व्यक्तिलाई ज्ञानमा आकर्षित गरी मानव चोला सार्थक बनाउन साधकलाई ब्रह्मचारिणी देवीको अनुकम्पा आवश्यक हुने बताइएको छ । ब्रह्मचारिणी देवीलाई भक्तिको प्रतीक मानिन्छ ।

साधकहरु आजको दिन आफ्नो मनलाई माता ब्रह्मचारिणीको चरणमा धयान लगाउँछन् । ब्रह्माको अर्थ तपस्या र चारिणीको अर्थ आचरण गर्ने भन्ने बुझिन्छ । तपस्याको आचरण गर्ने देवीकाका रुपमा ब्रह्मचारिणीलाई लिइन्छ ।

ब्रह्मचारिणी देवीको दाहिने हातमा जपको माला र देब्रे हातमा कमण्डलु हुन्छ । ब्रह्मचारिणी माता पार्वतीको विवाहपूर्वको अवस्थाको रुपमा चर्चा गरिएको छ ।

पार्वतीको यो रुपलाई ब्रह्मचारिणी, तपस्वी तथा योगिनी पनि भनिएको देवीभागवत लगायतका ग्रन्थहरुमा उल्लेख छ ।

माता ब्रह्मचारिणी देवीको कृपाले तपस्वीको सर्वत्र सिद्धि र विजय प्राप्त हुने मान्यता हिन्दू शास्त्रहरुमा छ । आज विवाह नभएका कुमारीहरुको पूजा गर्ने प्रचलन छ । कन्याहरुलाई घरमा बोलाएर पूजा गरी भोजन गराएपछि मात्र आफूले खाने प्रचलन छ ।

शास्त्रहरुमा ब्रहमचारिणीलाई वदनवर्ण कलेजी रङको रहेको भनेर वर्णन गरिएको छ । देवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ ।

महाकाली शक्तिको, महालक्ष्मी धनधान्य र ऐश्वर्यको एवम् महासरस्वती विद्या तथा बुद्धिको प्रतीकका रुपमा पूजाआजा एवं आराधना गर्ने परम्परा छ ।

नव दुर्गामध्ये पहिलो दिन शैलपुत्रीको पूजा आराधना गरिन्छ भने दोस्रो दिन ब्रह्मचारिणीको स्तुति गर्ने चलन छ ।

यस्तै तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाताको स्तुति गरीन्छ ।

छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।

आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म यो पर्व मनाउने चलन छ ।

आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजाराधना गर्ने शास्त्रीय नियम छ ।

दुर्गापूजा र दशैँ पर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद् डा.रामचन्द्र गौतमले बताए । दशैँलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ ।

बडादशैंको सातौं दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ ।  महाअष्टमी र महानवमीका दिन बलिपूजा गर्नेहरुले दशैंघर, कोत र शक्तिपीठमा बलिसहित विशष पूजा गर्छन् ।

नवरात्रभर दुर्गासप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवीस्तोत्र एवं स्तुतिको पाठ पारायण पनि गरिन्छ ।

यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजाराधना एवं दर्शन गर्ने भक्तजनको भीडसमेत लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण सबैजसो मन्दिर बन्द छ । शक्तिपीठमा नित्य पूजा भने गरिने जनाइएको छ ।

सम्बन्धित खबर

एमाले र माओवादी केन्द्र अलगअलग भएर जाने दाहाल-नेपाल समूहको निर्णय
मुख्य समाचार

एमाले र माओवादी केन्द्र अलगअलग भएर जाने दाहाल-नेपाल समूहको निर्णय

2 hours पहिले
नवलपुरमा पेस्तोल सहित दुई जना पक्राउ
नवलपुर विशेष

नवलपुरमा पेस्तोल सहित दुई जना पक्राउ

21 hours पहिले
ओली र दाहालको रहेन ‘नेपाल कम्युनिष्ट पार्टी’, सर्वोच्चको फैसला
पत्र-पत्रिका

ओली र दाहालको रहेन ‘नेपाल कम्युनिष्ट पार्टी’, सर्वोच्चको फैसला

1 day पहिले
नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द हुने
मुख्य समाचार

नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द हुने

1 day पहिले
चितवनमा सवारीको ठक्करबाट चितुवा मर्यो
दुर्घटना

चितवनमा सवारीको ठक्करबाट चितुवा मर्यो

1 day पहिले
प्रधानमन्त्री बन्न हतार छैन ः सभापति देउवा
मुख्य समाचार

प्रधानमन्त्री बन्न हतार छैन ः सभापति देउवा

2 days पहिले

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

नवलपरासीका जनप्रतिनिधि र स्वास्थ्यकर्मीसहित ६ जनामा कोरोना

एनिला चौहानको ‘ए सोल्टी’ मा इलोडको अभिनय (भिडियो सहित

1 hour पहिले
एमाले र माओवादी केन्द्र अलगअलग भएर जाने दाहाल-नेपाल समूहको निर्णय

एमाले र माओवादी केन्द्र अलगअलग भएर जाने दाहाल-नेपाल समूहको निर्णय

2 hours पहिले
पैसाको लोभमा श्रीमतीको हत्या

पैसाको लोभमा श्रीमतीको हत्या

21 hours पहिले
पश्चिमी वायुको प्रभावः वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावः वर्षा र हिमपातको सम्भावना

21 hours पहिले
नवलपुरमा पेस्तोल सहित दुई जना पक्राउ

नवलपुरमा पेस्तोल सहित दुई जना पक्राउ

21 hours पहिले
ओली र दाहालको रहेन ‘नेपाल कम्युनिष्ट पार्टी’, सर्वोच्चको फैसला

ओली र दाहालको रहेन ‘नेपाल कम्युनिष्ट पार्टी’, सर्वोच्चको फैसला

1 day पहिले

नवलपुर सञ्चार प्रा. लि. द्वारा संचालित
वेबसाइट: nawalpurnews.com
इमेल: [email protected]
फोन नम्बर:+977-9851135484 9807572268,9847095131
सम्पर्क ठेगाना: मध्यबिन्दु – २ , नवलपुर

हाम्रो बारेमा

सञ्चालक/प्रबन्ध निर्देशक : महेन्द्र चापागाई
प्रधान सम्पादक : रसना ढकाल
व्यवस्थापक : लक्ष्मी सुवेदी
डेक्स सम्पादक : निशा भण्डारी
प्रमुख सल्लाकार : डा. मित्र पाठक

प्रवास प्रतिनिधि
आभास चापागाई ( साउथ अफ्रिका )
केशव पौडेल ( जापान )
हेम पाठक ( कोरिया )

समाचार               विजनेश

समाज                             अर्थ

खेलकुद                          रोजगार

प्रवास                              बैँक/वित्त

राजनीति                          अटो

राष्ट्रिय                              सुचना/प्रवाधि

अन्तर्राष्ट्रिय                        पर्यटन

मनोरञ्जन                 विविधत

ब्लोअप                     विचार

कविता/गजल               साहित्य

बलिउड/हलिउड             अन्तर्वार्ता

भिडियो                      रोचक विश्व

संस्कृति                     पत्र-पत्रिका

राम्रो संसार                  सिफारिस

© 2020 NawalpurNews  Powered By: ProTech  Design By: Surendra Singh

  • Privacy Policy
No Result
View All Result
  • होमपेज
  • समाचार
  • नवलपुर विशेष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • आर्थिक
  • समाज
    • राष्ट्रिय
    • अपराध
    • खेलकुद
    • अन्तर्वार्ता
    • स्वास्थ्य/शिक्षा
    • सुचना/प्राविधि
  • साहित्य
    • धार्मिक
    • संस्कृति
    • कविता/गजल
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • ब्लग
    • विचार
    • प्रवास
    • पर्यटन
    • फिचर
    • रोजगार
    • राम्रो संसार
    • अन्तर्राष्ट्रिय
    • रोचक विश्व
    • सिफारिस
    • पत्र-पत्रिका