Advertisement
  • होमपेज
  • समाचार
  • नवलपुर विशेष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • आर्थिक
  • समाज
    • राष्ट्रिय
    • अपराध
    • खेलकुद
    • अन्तर्वार्ता
    • स्वास्थ्य/शिक्षा
    • सुचना/प्राविधि
  • साहित्य
    • धार्मिक
    • संस्कृति
    • कविता/गजल
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • ब्लग
    • विचार
    • प्रवास
    • पर्यटन
    • फिचर
    • रोजगार
    • राम्रो संसार
    • अन्तर्राष्ट्रिय
    • रोचक विश्व
    • सिफारिस
    • पत्र-पत्रिका
English
No Result
View All Result
TRENDING
कोरोना संक्रमण नवलपुर मध्यविन्दु नगरपालिका लकडाउन मृत्यु #दुर्घटना #नेपाल नवलपरासी पुर्ब नेकपा
Nawalpur News
  • होमपेज
  • समाचार
  • नवलपुर विशेष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • आर्थिक
  • समाज
    • राष्ट्रिय
    • अपराध
    • खेलकुद
    • अन्तर्वार्ता
    • स्वास्थ्य/शिक्षा
    • सुचना/प्राविधि
  • साहित्य
    • धार्मिक
    • संस्कृति
    • कविता/गजल
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • ब्लग
    • विचार
    • प्रवास
    • पर्यटन
    • फिचर
    • रोजगार
    • राम्रो संसार
    • अन्तर्राष्ट्रिय
    • रोचक विश्व
    • सिफारिस
    • पत्र-पत्रिका
English
No Result
View All Result
English

नवरात्रमा पनि सुनसान नै छन् शक्तिपीठ

नवलपुर न्यूज नवलपुर न्यूज
२ कार्तिक २०७७, आईतवार
नवरात्रमा पनि सुनसान नै छन् शक्तिपीठ
  • 315
    Shares
काठमाडौं, २ कार्तिक । जमरा राखेपछि विधिवत् रूपमा दसैँ आरम्भ भएको मानिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दसैँको तामझाम नै रहन्छ । दसैंको पहिलो नौ दिनलाई नवरात्र भनिन्छ ।

यो नवरात्रको प्रत्येक दिन दुर्गाको रूपअनुसार विभिन्न शक्तिपीठमा पूजाआजा गर्न जाने चलन छ । तर, यसपटक कोरोना भाइरसका कारण विगत वर्षकोजस्तो चहलपहल छैन । घटस्थापनाको दिन विभिन्न शक्तिपीठमा विगत वर्षमा खुट्टा टेक्ने ठाउँ हुँदैन थियो । घन्टौँ लाइन बसेपछि मात्र पालो आउँथ्यो । तर, शनिबार काठमाडौं उपत्यकाका प्रमुख शक्तिपीठमध्ये कुनै पूर्णरूपले बन्द त र कुनै आंशिक खुला देखिए ।

नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघन्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी तथा नवौँ दिन सिद्धदात्रीको पूजा आराधना गर्ने गरिन्छ । दुर्गाको यही नौ रूपलाई नवदुर्गा भन्ने गरिन्छ ।

भद्रकाली मन्दिरमा बिहानैदेखि भिड थियो । शनिबार त्यसमा पनि घटस्थापनाको दिन पूजाआजा गर्ने अवसर पाउँदा भक्तजन दंग देखिन्थे । दर्शनार्थीले भौतिक दूरी कायम नराखे पनि मास्क लगाएको, वेलावेलामा स्यानिटाइज गरेको देखिन्थ्यो । दसैँका वेला भद्रकाली मन्दिरमा धेरै भिडभाड नगराउने लुँमधि भद्रकाली, द्यःपाला, लु्ँमधि भद्रकाली गुठी संरक्षण समिति तथा सुरक्षा समितिको निर्णय छ ।

निर्णयअनुसार एकपटकमा १५ जनासम्म भक्तजनलाई मन्दिरभित्र प्रवेश दिइएको पुजारी विजय पुजारी बताउँछन् । ‘कोभिडको महामारीबाट सबै सुरक्षित रहन एकपटकमा १५ जना मात्र भित्र प्रवेश दिइएको छ,’ विजयले भने, ‘सबै समितिका स्वयंसेवक यस कार्यमा खटिएका छन् ।’ पुजारी विजयका अनुसार दसैंमा हुने नियमित पूजा रोकिने छैन ।

काठमाडौंको प्रमुख शक्तिपीठ मैतीदेवी भने पूर्ण रूपले बन्द छ । दसैंको समयमा मैतीदेवी खुला गर्ने छलफल भएको थियो । पुजारी तथा भक्तजनको सुरक्षार्थ नै मैतीदेवी मन्दिर यसपटक बन्द रहेको भद्रकालीका पुजारी विजय बताउँछन् ।

‘सुरक्षा हिसाबले मैतीदेवी मन्दिर पनि बन्द छ,’ केही महिनापछि मैतीदेवी मन्दिरमा पालो लिन जाने तयारी गरेका विजयले भने । मैतीदेवी मन्दिरमा भक्तजन प्रवेश निषेध लेखिएको छ । अधिकांश भक्तजन शनिबार मन्दिरबाहिरै पूजा गरी फर्किए ।

दसैँ तथा शनिबारको दिन विशेष भिड हुने शक्तिपीठमध्ये एक संकटा मन्दिर हो । तर, शनिबार मन्दिर खुलेन । शुक्रबारसम्म संकटा मन्दिर खुला गर्ने कि भन्ने संकटा संरक्षण तथा व्यवस्थापन समितिका पदाधिकारीबीच छलफल भएको थियो ।

सबैलाई सुरक्षित राख्न संकटा मन्दिर लकडाउनमा जस्तै बन्द नै गर्ने निर्णय भएको संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधर बताउँछन् । ‘मन्दिर खुलाउने कि भन्ने कुरा थियो, अब बन्द नै गर्ने निर्णय भएको छ,’ तुलाधर भन्छन्, ‘यसपालि भक्तजनले मन्दिरमा दर्शन गर्न पाउनु हुने छैन ।’

संकटा मन्दिरमा गत ४ चैतदेखि नै भक्तजनलाई प्रवेशमा रोक लगाइएको थियो । लगभग आठ महिना मन्दिरमा नित्यपूजा गर्ने गुरुजु बाहेक अन्यलाई प्रवेश दिइएको छैन । शनिबार बिहान संकटा पुगेका भक्तजन त्यहाँ राखिएको भगवानको पाउलाई प्रतीक मानी पूजाअर्चना गरी फर्किएका थिए । ‘यसपालि मन्दिरमा पूजा गर्न आउने भक्तजनको संख्या थोरै भयो,’ पूजा सामग्री व्यापारी नरेश श्रेष्ठ भन्छन्, ‘गत वर्ष आजको दिनमै हामीले दश हजारभन्दा माथि कमाइ गरेका थियौँ ।’

बडादसैँको पहिलो दिन केही शक्तिपीठमा भने श्रद्धालु भक्तजनको भिड नै देखियो । काठमाडौंको कंग अजिमा (कंकेश्वरी) तथा इन्द्रायणी शक्तिपीठमा भक्तजनहरूले खुला रूपमा दर्शन गर्न पाए । इन्द्रायणी तथा कंगा अजिमा लकडाउनदेखि नै खुला छन् ।

लामा बसेर देवी दर्शन गर्न पाउने भएकाले नै यहाँका भक्तजन हर्षित देखिए । ‘पहिलेदेखि नै खुला नै राख्यौँ,’ कंगा अजिमाका मोतीमान महर्जनले भने, ‘यद्यपि जोखिम नभएको होइन, भक्तजनले पनि यसलाई बुझ्नुपर्छ ।’

इन्द्रायणीका रमेश डंगोलले भक्तजनलाई सुरक्षित रूपमै दर्शन गर्न दिएको बताए । ‘हामीले एकदम सुरक्षित रूपले भित्र प्रवेश गर्न दिएका छौँ, मास्क नलगाएकालाई भित्र प्रवेश गर्न दिएका छैनौँ,’ डंगोलले भने ।

इन्द्रायणीबाट डेढ सय मिटर टाढा रहेको शोभाभगवतीमा सुरक्षा सतर्कता अपनाइएको देखिन्छ । शोभा भगवती मन्दिर पनि खुलै छ । दर्शन गर्न आउने भक्तजनलाई मूर्ति छोएर पूजा गर्न दिइएको छैन । दर्शन गर्न नचाहने भक्तजनको पूजा सामग्री मुख्य गेटबाहिर नै स्वयंसेवकले लिने गर्छन् । भित्र प्रवेश गरी अलि नजिकबाट दर्शन गर्ने त्यस्ता भक्तजनले सुरुमा साबुनपानीले हात धुने र त्यसपछि स्यानिटाइजरको व्यवस्था गरिएको छ ।

‘लकडाउनका वेला हामीले कसैलाई पनि प्रवेश गराएनौँ, दसैँको वेला भक्तजनलाई दुई किसिमले व्यवस्था गरिएको छ, बाँसको बार राखेको स्थानबाट दर्शन गर्न सकिन्छ, भित्र आउँदा भने उसले पहिला साबुनपानीले हात धुने र स्यानिटाइज गरेपछि मात्र नजिकबाट दर्शन गर्न पाउँछ, यद्यपि देवता छुन प्रतिबन्ध नै छ,’ शोभाभगवती मन्दिरका पुजारी ज्ञानी बज्राचार्यले भने, ‘हामीले भक्तजनलाई बाहिर नै अनिवार्य रूपमा मास्क लगाउने र भौतिक दूरी कायम गर्न भनेका छौँ ।’ धेरै भिड भए मन्दिरका सबै ढोका बन्द गर्ने पुजारी बज्राचार्य बताउँछन् ।

शक्तिपीठमध्ये अर्को चर्चित मन्दिर हो, नरदेवी । लकडाउनदेखि नै मन्दिरभित्र प्रवेश गर्न निषेध गरिएको छ । दसैँका वेला मन्दिर खुल्ने विश्वास धेरैले गरेका थिए । विशेषतः घटस्थापनादेखि दशमीसम्म यो मन्दिरमा पूजाआजा गर्न आउनेको ठूलै लाइन हुने गर्छ ।

यस पटक मन्दिरको व्यवस्थापनले बाहिरबाटै दर्शन गर्न व्यवस्था मिलाएको छ । मुख्य ढोकामा चाँदीको बारबाट मात्र भक्तजनले दर्शन गर्न पाउँछन् । ‘बार लगाएको स्थानबाट मात्र पूजा वा दर्शन गर्न मिल्छ,’ नरदेवी मन्दिरका पुजारी देवकृष्ण महर्जनले भने, ‘दसैँका वेला भक्तजन निराश नहुन् भनी हामीले बिहान ७ देखि ९ बजेसम्म र साँझ ५ देखि ७ बजेम्म दर्शनको व्यवस्था मिलाएका छौँ ।’

दसैँको अवसरमा काठमाडौं उपत्यकाका तीनवटै तलेजु मन्दिरमा विशेष पूजाअर्चना हुने गर्छ । कोभिडका कारण यसपटक काठमाडौं, ललितपुर र भक्तपुरका तलेजु भवानी मन्दिरमा सामान्य नित्यपूजा मात्र हुने भएको छ । ललितपुर महानगरपालिकाले विज्ञप्ति नै जारी गरी सहरमा दसैँताका हुने सबै जात्रा, उत्सव र चाड सामान्य रूपमा मनाउन भनिएको छ । नयाँ पत्रिका दैनिकबाट

सम्बन्धित खबर

निर्णायक कांग्रेस : देउवाकै भरमा नेकपाका दुई समूह
पत्र-पत्रिका

मैले प्रधानतमन्त्री मागेको छैन, जिम्मेवारी दिए छोड्दिन:देउवा

3 days पहिले
तोकिएको उखुको मूल्य पाउँदा किसान खुशी
आर्थिक

तोकिएको उखुको मूल्य पाउँदा किसान खुशी

1 week पहिले
निर्णायक कांग्रेस : देउवाकै भरमा नेकपाका दुई समूह
पत्र-पत्रिका

निर्णायक कांग्रेस : देउवाकै भरमा नेकपाका दुई समूह

1 week पहिले
संसद पुनर्स्थापनापछि प्रचण्डको यस्तो प्रतिक्रिया
पत्र-पत्रिका

संसद पुनर्स्थापनापछि प्रचण्डको यस्तो प्रतिक्रिया

2 weeks पहिले
गैँडाकोटमा विद्यालयको कम्प्युटर र प्रोजेक्टर चोरी गर्ने तीनजना पक्राउ
पत्र-पत्रिका

मूल्य वृद्धिको विरोधमा निगमको कार्यालय घेराउ

2 weeks पहिले
भैरहवाबाट हिडेको स्कारपिओ दुर्घटना : पाँच जनाको मृत्यु, तीन घाइते
पत्र-पत्रिका

भैरहवाबाट हिडेको स्कारपिओ दुर्घटना : पाँच जनाको मृत्यु, तीन घाइते

5 months पहिले

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

बिष्णु निरौलाको “चट्ट कपाल कोरेर”

बिष्णु निरौलाको “चट्ट कपाल कोरेर”

9 hours पहिले
नारायणगढ–मुग्लिन सडक भएर यात्रा गर्दै हुनुहुन्छ ?

नारायणगढ–मुग्लिन सडक भएर यात्रा गर्दै हुनुहुन्छ ?

12 hours पहिले
गैँडाकोटमा विद्यालयको कम्प्युटर र प्रोजेक्टर चोरी गर्ने तीनजना पक्राउ

देवचुलीका सवै वडामा फाल्गुन २३ गतेबाट कोभिड खोप अभियान

12 hours पहिले
नवलपुरबाट लागु औषध सहित ३ युवा पक्राउ

नवलपुरबाट लागु औषध सहित ३ युवा पक्राउ

2 days पहिले
नवलपुरको विनयी त्रिवेणीमा आफ्नै बाबुद्धारा छोरीको बलात्कृत

नवलपुरको विनयी त्रिवेणीमा आफ्नै बाबुद्धारा छोरीको बलात्कृत

2 days पहिले
नवलपुरमा गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु

नवलपुरमा गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु

2 days पहिले

नवलपुर सञ्चार प्रा. लि. द्वारा संचालित
वेबसाइट: nawalpurnews.com
इमेल: [email protected]
फोन नम्बर:+977-9851135484 9807572268,9847095131
सम्पर्क ठेगाना: मध्यबिन्दु – २ , नवलपुर

हाम्रो बारेमा

सञ्चालक/प्रबन्ध निर्देशक : महेन्द्र चापागाई
प्रधान सम्पादक : रसना ढकाल
व्यवस्थापक : लक्ष्मी सुवेदी
डेक्स सम्पादक : निशा भण्डारी
प्रमुख सल्लाकार : डा. मित्र पाठक

प्रवास प्रतिनिधि
आभास चापागाई ( साउथ अफ्रिका )
केशव पौडेल ( जापान )
हेम पाठक ( कोरिया )

समाचार               विजनेश

समाज                             अर्थ

खेलकुद                          रोजगार

प्रवास                              बैँक/वित्त

राजनीति                          अटो

राष्ट्रिय                              सुचना/प्रवाधि

अन्तर्राष्ट्रिय                        पर्यटन

मनोरञ्जन                 विविधत

ब्लोअप                     विचार

कविता/गजल               साहित्य

बलिउड/हलिउड             अन्तर्वार्ता

भिडियो                      रोचक विश्व

संस्कृति                     पत्र-पत्रिका

राम्रो संसार                  सिफारिस

© 2020 NawalpurNews  Powered By: ProTech  Design By: Surendra Singh

  • Privacy Policy
No Result
View All Result
  • होमपेज
  • समाचार
  • नवलपुर विशेष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • आर्थिक
  • समाज
    • राष्ट्रिय
    • अपराध
    • खेलकुद
    • अन्तर्वार्ता
    • स्वास्थ्य/शिक्षा
    • सुचना/प्राविधि
  • साहित्य
    • धार्मिक
    • संस्कृति
    • कविता/गजल
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • ब्लग
    • विचार
    • प्रवास
    • पर्यटन
    • फिचर
    • रोजगार
    • राम्रो संसार
    • अन्तर्राष्ट्रिय
    • रोचक विश्व
    • सिफारिस
    • पत्र-पत्रिका