२०८१ आश्विन ६, आईतबार
नयाँ
पछिला अपडेट

नारायणीमा हाम फालेर नवलपुरका एक पुरुष बेपत्ता

२०७८ श्रावण १८, सोमबार प्रकाशित ( साल अघि) ४२१५ पाठक संख्या

गैंडाकोट । चितवनको नारायणगढ र नवलपरासीको गैँडाकोट जोड्ने नारायणीको पुलबाट नदीमा हाम फालेर आइतबार बिहान एक बृद्ध बेपत्ता भएका छन् ।

ईलाका प्रहरी कार्यालय गैंडाकोटले दिएको जानकारीअनुसार बेपत्ता हुनेमा गैंडाकोट नगरपालिका वडा नं १ प्रतिभाटोल बस्ने ६० वर्षीय रत्नभुवन श्रेष्ठ रहेका छन् ।

आईतबार विहान ५ बजे घरबाट मर्निङवाकको लागि निस्किएकोमा अवेर सम्म घर नआएपछि छोरी प्रशान्ती श्रेष्ठले प्रहरी समक्ष जानकारी गराएकि थिईन् ।

प्रहरीको सीसीटिभि फुटेजबाट श्रेष्ठ विहान ६ वजेर ३६ मिनेटमा नारायणी नदीमा हाम फालेको देखिएको छ ।

वडा प्रहरी कार्यालय नारायणगढ र इलाका प्रहरी कार्यालय गैँडाकोटले खोजीकार्य जारी राखेको जनाएको छ । हाम फाल्नुको कारण नखुलेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%३%८%१२%३%

प्रतिक्रिया दिनुहोस