२०८१ आश्विन ६, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुर कांग्रेस जिल्ला सचिवमा ६ जना आकांक्षी

२०७८ श्रावण १८, सोमबार प्रकाशित ( साल अघि) ३९८० पाठक संख्या

कावासोती । महाधिवेशनको समय नजिकिए सँगै नेपाली कांग्रेसका विभिन्न तहमा नेतृत्व लिन चाहनेहरुले लविङ गर्न थालेका छन् । आगामी अधिवेशनवाट पार्टीको जिल्ला सचीव बन्नका लागि पुराना देखि नयाँ अनुहारहरु वडादेखि केन्द्र सम्मकै गुटगत तथा व्यक्तिगत लविङ शुरु भइसकेको छ ।

जिल्ला सचिव बन्नका लागि करिब आधा दर्जन नेताले लविङ सुरु गरेका छन् । जिल्लामा सचिव बन्नका लागि ६ जना दाबेदारी प्रस्तुत गरेका छन् ।

बीपी अध्ययन प्रतिष्ठान गण्डकी प्रदेश उपाध्यक्ष करुणा सागर सुवेदी , महाधिवेशन प्रतिनिधि श्रीधर शर्मा , जिल्ला सल्लाहकार महेन्द्र पोखरेल , जिपि फाउन्डेसन नेपाल नवलपुरका संयोजक झपेन्द्रश्वर भुषाल, जिल्ला सदस्य होमराज रानाभाट, महाधिबेशन प्रतिनिधि कपिलदेव भुसाल चर्चामा छन् ।

त्यस्तै जिल्ला सभापतिमा कांग्रेसका पुराना नेता महेन्द्रध्वज जिसी , जिल्ला सभापति बिष्णु लामिछाने , जिल्ला सचिव बालकृष्ण घिमिरे , महासमिती सदस्य मदनभक्त अधिकारी पनि सभापतिको आकांक्षी हुन् । प्राय नेताले भने क्रियाशील सदस्यको टुङ्गो लागिसके पछि उम्मेदवारीका विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने बताए । यस बाहेक धेरै अनुहार जिल्ला सभापति र सचीवका लागि आकांक्षी छन्।

सर्वसम्वतले जिल्ला सभापति र सचिव हुने अवस्था भने देखिएको छैन । जिल्ला अधिवेशनमा कोईराला र पौडेल गुटबीच नै प्रतिस्पर्धा हुने जस्तो देखिएको छ । यद्यपी कुन गुटबाट को उमेदवार हुने भन्ने टुंगो लागिसकेको भने छैन । जिल्लामा सभापति र सचिवको आकांक्षी नेताहरु अहिले छलफल र भेटघाटमा ब्यस्त छन् ।

अनौठो त के छ भने यसपालीको अधिवेशनमा अघिल्लो अधिवेशनमा प्रतिस्पर्धी भई लडेकाहरु मिल्ने छाँटकाँटमा देखिन्छन्। संघीयताको संरचना अनुसार काङ्ग्रेसले पहिलो पटक महाधिवेशन गर्न लागेकाले यस पटकको महाधिवेशनलाई फरक तरिकाले हेरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
९%४%४%४%१%

प्रतिक्रिया दिनुहोस