२०८१ आश्विन ६, आईतबार
नयाँ
पछिला अपडेट

कक्षा १२ सहित विभिन्न विश्वविद्यालयका परीक्षासम्बन्धी कार्यक्रम स्थगित गर्ने

२०७८ श्रावण १८, सोमबार प्रकाशित ( साल अघि) ९०७ पाठक संख्या

कावासोती । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैखालका परीक्षा स्थगित गर्न प्रस्ताव गर्ने तयारी गरेको छ । कोरोना महामारीको तेस्रो लहरको जोखिम बढेसँगै मन्त्रालयले परीक्षा स्थगित गर्ने तयारी गरेको हो ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले निकट भविष्यमा सञ्चालन हुन गइरहेका परीक्षासम्बन्धी कार्यक्रम स्थगित गरी आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने सम्बन्धमा शिक्षा मन्त्रालयसँग परामर्श गरी चाँडै निर्णय गर्ने बताए ।

मन्त्री श्रेष्ठले आज सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणबारे नीतिगत प्रतिवद्धता र कार्ययोजना विषयमा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा परीक्षासम्बन्धी कार्यक्रम स्थगन गर्ने प्रस्ताव अघि सार्ने बताएका हुन् ।

कोरोना महामारीको तेस्रो लहरको जोखिम बढ्दै गएको भन्दै मन्त्रालयले त्यसको तयारी थालेको हो । साउन ३१ गतेदेखि कक्षा १२ को बोर्ड परीक्षा हुँदैछ । स्वास्थ्य मन्त्रालयले कक्षा १२ को परीक्षासहित अन्य सबै खालका परीक्षा स्थगन गर्न प्रस्ताव गर्ने भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस