२०८१ आश्विन ६, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा आज थप ३ कोरोना संक्रमितको मृत्यु, ८२ जनामा संक्रमण

२०७८ श्रावण २०, बुधबार प्रकाशित ( साल अघि) १२२५ पाठक संख्या

कावासोती ।  नवलपुरमा आज बुुुधबार थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११३ जना कोरोना मुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुले जनाएको छ ।

आज थपिएका ८२ संक्रमितमा मध्यबिन्दु नगरपालिकामा ७ जना, गैंडाकोट नगरपालिकामा २१ जना, विनयी त्रिवेणी गाउँपालिकामा ८ जना, कावासोती नगरपालीकामा ३० जना,देवचुली नगरपालिकामा १५ जना, हुप्सेकोट गाउँपालिकामा १  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै आज कोरोना मुक्तहुने हरुमा कावासोती नगरपालिकामा ३० जना, देवचुली नगरपालिकामा ३६ जना, गैंडाकोट नगरपालिकामा ३३ जना, मध्यबिन्दु नगरपालिका ६, विनयी त्रिवेणी गाउँपालिकामा ३ , हुप्सेकोट गाउँपालिका ४ र बुलिङटार १ जना गरी जम्मा ११३ जना कोरोना मुक्त भएका छन् ।

जिल्लामा अहिलेसम्म कोरोना संक्रमणबाट १ सय ४५ जनाको ज्यान गइसकेको छ भने अब सक्रिए कोरोना संक्रमितको संख्या ७ सय ९१ रहेको छ ।

4.20

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%३%१%

प्रतिक्रिया दिनुहोस