२०८१ मंसिर ११, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरको हुप्सेकोटमा रहेको वायु ऊर्जा अझै मर्मत भएन

२०७८ श्रावण २१, बिहिबार प्रकाशित ( साल अघि) ८९२ पाठक संख्या

हुप्सेकोट । राष्ट्रिय प्रसारणको विद्युत् नपुगेको पहाडी क्षेत्रका बासिन्दाले हावाबाट बिजुली निकाली वितरण गरेकोमा बिजुली उत्पादन रोकिएपछि अहिले अन्धकारमा बस्न बाध्य छन् । वायु ऊर्जाबाट यहाँका ४२ घर, धौवादी इलाका प्रहरी कार्यालय र विद्यालयले उपभोग गर्दै आएका थिए ।

स्थानीयले छिटो मर्मत गरिदिन माग गरेका छन् । विद्युत् सेवा बन्द हुँदा बत्ती बाल्न, कम्प्युटर चलाउन, टीभी हेर्न, रेडियो सुन्न नपाएको स्थानीयले गुनासो गरेका छन् । ‘दुर्गम बस्तीमा वायु ऊर्जाले हामीलाई ठूलो राहत भएको थियो ।

विद्युतीय सामान चलाउन र सञ्चारको पहुँचका लागि पनि बिजुली अत्यावश्यक हो,’ स्थानीय मानसिंह सिञ्जालीले भने, ‘नमुना योजना भएकाले आन्तरिक पर्यटक वायु ऊर्जा उत्पादन भएको हेर्न आउनेको लर्को लाग्ने गर्दथ्यो । त्यसैले छिटोभन्दा छिटो मर्मत गर्नुपर्छ ।’

वायु ऊर्जा बन्दपछि स्थानीयले अहिले लघुजलविद्युत् आयोजनाबाट महँगोमा बत्ती बाल्नुपर्ने अवस्था छ । चारवटा बल्ब राख्ने स्थानीयले महिनामा ३ सयभन्दा बढी महसुल तिर्नुपरेको छ ।

हावाबाट सहजै विद्युत् उत्पादन हुने स्टेसन मर्मत नगर्ने, स्थानीयले महँगो शुल्क तिर्नुपरेको छ,’ हुप्सेकोट–५ का मनमाया मगरले भनिन्, ‘नेता आउँछन्, हेरेर जान्छन्, मर्मत गर्ने भनेको पनि लामो समय भयो । खोइ अहिलेसम्म मर्मत भएको छैन । भएका सामान पनि जीर्ण हुँदै गएको छ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस