२०८१ आश्विन ६, आईतबार
नयाँ
पछिला अपडेट

देवचुली नगरपालिकाको बिशेष नगर सभा सम्पन्न,स्थानीय तहका कर्मचारीको बढुवा विधेयक पारित

२०७८ श्रावण २१, बिहिबार प्रकाशित ( साल अघि) १३५५ पाठक संख्या

एलिना केसी

देवचुली । पुर्वी नवलपरासीको देवचुली नगरपालिकाको विशेष नगर सभा बिहिबार सम्पन्न भएको छ । देवचुली नगरपालिकाको सभाहलमा भएको विशेष नगरसभाले आर्थिक बर्ष २०७८र०७९ को सम्पतिकर, मालपोत तथा भूमिकर र स्थानीय तहमा कार्यारत कर्मचारीको बढुवा सम्बन्धी दुईवटा विधेयक पारित गरेको छ ।

घर जग्गाको हक हस्तान्तरण तथा राजीनामा लिखित पारित गर्ने सिलसिलामा रजिस्ट्रेसन शुल्कमा समस्या भएकाले त्यसलाई हेरफेर गरि नगरसभाले मालपोत कार्यालयले तोकेको मुल्यांकन कायम गर्ने र स्थानीय तहमा कार्यारत कर्मचारीको बढुवाको लागि अवसर दिनेगरि दरबन्दी स्विकृत गरेको हो ।

उक्त विशेष नगरसभामा देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारीद्धारा सम्पतिकर, मालपोत तथा भूमिकर र दररेटको बारेमा कार्यपालिका सदस्यबीच छलफल गरि पारित गरिएको थियो । विशेष नगरसभामा विधेयक विधायन समितिका संयोजक दिनानाथ भुसालले स्थानीय तहमा कार्यारत कर्मचारीको बढुवा सम्बन्धि विद्येयक प्रस्तुत गर्नुभएको थियो ।

यस भन्दा अघि घर जग्गाको हक हस्तानतरण तथा राजिनामा लिखित पारित गर्ने सिलसिलामा रजिस्ट्रेसन हुने लिखितमा थैली कायम गर्दा मालपोत कार्यालयले कायम गरेको रकम र पालिकाले कायम गरेको रकम मध्य बढी हुन आउने रकमलाई आधार मानि थैली कायम गर्ने भनि छलफल भएको थियो। उक्त छलफलमा पालिकाले कायम गरेको रकम अन्य पालिकाको भन्दा बढी हुन आएपछि कारोबारमा कठिनाई भएको भनि जनप्रतिनिधि संगै स्थानीयवासीहरुको समेत गुनासो आएको हुनाले यसलाई हेरफेर गर्नको लागी नगरसभा गरिएको हो ।

देवचुली नगरपालिकाका नगर प्रमुख पुर्णकुमार श्रेष्ठको सभापतित्वमा भएको विशेष नगरसभामा देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारी , प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देल ,नगर कार्यपालिका सदस्यहरु, कर्मचारीहरु लगायतको उपस्थितीमा छोटो समयमा सम्पन्न गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस