२०८१ फागुन २७, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरमा ७८ लाख बराबरको मोबाइल बरामद, २ जना पक्राउ

२०७८ श्रावण २२, शुक्रबार प्रकाशित ( साल अघि) ३१३० पाठक संख्या

कावासोती । नवलपुर प्रहरीले ५ सय ९५ थान मोबाइल बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय दुम्किबासको टोलिले दुम्किबास प्रहरी चौकी अगाडी चेकजाँच गर्ने क्रममा प्रहरीले भारतबाट भन्सार छलेर लैजादै गरेको अवस्थामा ७८ लाख बराबरको ५ सय ९५ थान मोबाइल  नारायणगढ–बुटवल सडकखण्ड अन्तरगत पर्ने पूर्वी नवलपरासीको दुम्किवासबाट बिहीबार राति बरामद गरेको हो ।

कारमा लैजाँदै गरेका मोबाइलसहित दुई जना व्यक्तिहरुसमेत पक्राउ परेका छन्। प्रदेश ३–०१–०२३ च ५५४४ नम्बरको कारमा लैजाँदै गरेको मोबाइलसहित भरतपुर महानगरपालिका–८ बस्ने अर्जुन ढकाल र सोही महानगरपालिका–२१ बस्ने इन्द्रलाल श्रेष्ठ पक्राउ परेको हुन् ।

पक्राउ परेका कार र व्यक्तिहरुसहित मोबाइललाई आवश्यक कारबारहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको जिल्ला  प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%३%३%१%

प्रतिक्रिया दिनुहोस