२०८१ आश्विन ६, आईतबार
नयाँ
पछिला अपडेट

चितवनमा थप २२३ जनामा कोरोना संक्रमण पुष्टी , ३ जनाको मृत्‍यु

२०७८ श्रावण २२, शुक्रबार प्रकाशित ( साल अघि) ३९२ पाठक संख्या

चितवन  ।  चितवनमा पछिल्लो चौबिस घण्टामा २२३ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । यो संगै चितवनमा हालसम्म कुल संक्रमितको संख्या २१,५७४ पुगेको छ ।

त्यस्तै पछिल्लो चौबिस घण्टामा चितवनमा ३ जनाको मृत्‍यु भएको छ ।चितवनमा कोरोनाबाट मृत्‍यु हुनेको संख्या ३४४ पुगेको छ । आज चितवनमा १३८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यो संगै चितवनमा कोरोना जितेर घर फर्कनेको संख्या १८,८९८ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । । चितवनमा अहिले संक्रिय संक्रमितको संख्या २,३३२ पुगेको छ ।

ति मध्य २,१३४ जना होम आईसोलेशन बसेका छन् । १८५ जनाको विभिन्न अस्पतालमा उपचार भईरहेको छ भने १३ जना पब्लिक आईसोलेशनमा रहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस