२०८१ आश्विन ६, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुर पुगेर कोइरालाले भने– कांग्रेस अधिवेशन एकतापूर्ण हुन आवश्यक छ

२०७८ श्रावण २३, शनिबार प्रकाशित ( साल अघि) १०९३ पाठक संख्या

कावासोती । नेपाली कांग्रेसका महामंन्त्री डा शशांक कोइरालाले अवको महाधिवेशन एकतापूर्ण हुन आवश्यक रहेको बताएका छन् ।

शुक्रवार नवलपुरको कावासोतीमा खुशु फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री डा। कोइरालाले एकता भएकै कारण कांग्रेस बलियो पार्टी भएकाले आगामी महाधिवेशनमा एकता आवश्यक रहेको बताए ।

कांग्रेसमा गुट–उपगुट भन्दा पनि एक भएर अघि बढ्नुपर्ने बेला आएको उनको भनाइ थियो । आउँदो निर्वाचनमा पार्टीलाई एक ढिक्का बनाएर लैजान सकेमा नेपाली काङ्ग्रेसलाई कसैले जित्न नसक्ने उनको भनाइ थियो ।

अहिले आम नेतृत्वले काङ्ग्रेसलाई कसरी बलियो बनाएर लैजाने भन्ने विषयमा सोच्न आवश्यक रहेको उनले बताए ।

महामन्त्री डा. कोइरालाले वीपीकै समय देखि कांग्रेसमा देश विकासको भिजन भएकाले कांग्रेस सरकारले मुलुकमा विकास गर्ने विश्वास व्यक्त गरे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस