२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

कुलमान घिसिङले बुझे प्राधिकरणमा ४ वर्षको नियुक्ति पत्र

२०७८ श्रावण २७, बुधबार प्रकाशित ( साल अघि) ६६२ पाठक संख्या

काठमाडौँ: सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ ।

उर्जा जलस्रोत तथा सिञ्चाइमन्त्री पम्फा भुसालको प्रस्तावमा मन्त्रिपरिषद्को सोमबारको बैठकले घिसिङलाई ४ वर्षका लागि नियुक्त गरेको हो । बुधबार उनलाई उर्जा जलस्रोत तथा सिञ्चाइ मन्त्रालयबाट नियुक्तिपत्र बुझेका छन् ।

यससँगै कुलमान दोस्रो पटक प्राधिकरणमा कार्यकारी निर्देशक बनेका हुन् । यसअघि कार्यकारी निर्देशक रहेका हितेन्द्रदेव शाक्यलाई भने सरकारले विशिष्ट श्रेणी (सचिव) सरह जल तथा उर्जा आयोगको पूर्णकालीन सदस्यमा नियुक्त गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%५%

प्रतिक्रिया दिनुहोस