२०८१ आश्विन ६, आईतबार
नयाँ
पछिला अपडेट

चितवनमा कडा निषेधाज्ञाः खाद्यान्न पसलहरु बिहान १० बजेसम्म मात्र खुल्ने

२०७८ श्रावण २७, बुधबार प्रकाशित ( साल अघि) ११०९ पाठक संख्या

चितवन । कोरोना भाइरस कोभिड–१९ संक्रमणको जोखिम कम गर्न चितवनमा जारी गरिएको निषेधाज्ञालाई थप कडाइ गरिएको छ ।आज बुधबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञामा थप कडाइ गरिएको जनाएको हो ।

प्रशासनका अनुसार औषधि, अक्सिजन सिलिण्ड तथा स्वास्थय सामग्री सम्बन्धी पसल, एग्रोभेट, बीउबिजन, रासायनिक मल र भेटेनरी औषधि पसल पूर्णरुपमा सञ्चालन गर्न पाइने छ ।                                                                                                 यस्तै खाद्यान्न, तरकारी, फलफूल, दूध डेरी, माछारमासु, अण्डा, चल्ला, दाना, खाना पकाउने ग्याँस सम्बन्धी पसल, पूजा सामग्री पसल दैनिक बिहान १० बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ ।अन्य पसलहरु बन्द रहने प्रशासनले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस