कावासाती । नवलपुरमा भाद्र १० गतेसम्म निषेधाज्ञा थप गरिएको छ । साउन ३२ गते राति १२ वजेसम्मका लागि जारी गरिएको निषेधाज्ञाको समयावधी भाद्र १० गतेसम्मका लागि बढाइएको हो ।
थप गरिएको निषेधआज्ञामा यस अघि जारी गरिएको आदेशहरुलाई निरन्तरता दिईएको जिल्ला प्रशासन कार्यालय नवलपुरका सुचना अधिकारी आनन्द भुसालले जानकारी दिए ।
यस अघि साउन १८ गते थपिएको निषेधआज्ञाका आज राती १२ बजेबाट सकिदै छ ।