२०८१ आश्विन ६, आईतबार
नयाँ
पछिला अपडेट

नारायणगढमा एक युवकको शव फेला

२०७८ श्रावण ३२, सोमबार प्रकाशित ( साल अघि) १६५० पाठक संख्या

चितवन – भरतपुर महानगरपालिका ३ नारायणगढको लायन्सचोकमा एक वेवारिसे शव फेला परेको छ । लायन्सचोकस्थित शुभम पेट्रोल पम्प अगाडि चौतारामा एक युवकको शव फेला परेको छ ।

आज सोमाबर बिहान ११ बजे अन्दाजी २७/२८ वर्षका पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । मृतकको पहिचान खुल्न सकेको छैन ।

मृतक वेवारिसे सडक मानव हुन सक्ने प्रहरीको अनुमान छ । शव पोष्टमाटमका लागि भरतपुर अस्पताल ल्याइएको छ । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%३%१%

प्रतिक्रिया दिनुहोस