२०८१ आश्विन ६, आईतबार
नयाँ
पछिला अपडेट

कोल्हुवाको ग्रामीण क्षेत्रमा QR Code विस्तारमा सिटीजन्स बैंक

२०७८ भाद्र १, मंगलबार प्रकाशित ( साल अघि) ११३१ पाठक संख्या

कावासोती । नवलपुरको मध्यविन्दु वाड न: ३ कोल्हुवा स्थित चौराहाको सिटीजन्स बैंकले व्यवसायीहरुलाई क्यूआर कोड वितरण गरेको छ ।

ग्रामीण क्षेत्रका आम नागरिक माझ डिजिटल बैकिङ सेवाको पहुँच विस्तार गर्ने लक्ष्यसहित बैंकले क्यूआर कोड वितरण गरेको हो ।

 

नगदरहित कारोबारलाई प्रोत्साहन तथा प्रवद्र्धन गर्ने साथै ग्राहक तथा व्यवसायीहरुलाई सहज रुपमा डिजिटल बैकिङ्ग सेवाको पहुँच पुर्याउने लक्ष्यका साथ बैंकले कोल्हुवा स्थित ४९ जना व्यवसायीलाई क्यूआर कोड वितरण गरेको सिटिजन्स बैङ्क कोल्हुवा शाखाका प्रबन्धक हरि प्रसाद अधिकारीले जानकारी दिनुभयो ।IMG_20210816_224518_compress60

अधिकारीका अनुसार कोरोना भाईरसबाट सावधानीको मध्यनजर गर्दै बैंकले घरमै बसेर सिटीजन्स स्मार्ट बैंकिंग, ईन्टरनेट बैंकिंग, आईपीएस कनेट्ट , क्यु.आरकोड सेवाहरुको व्यवस्था गरेको बताउनुभयो ।

क्यु.आरकोड सेवा सुरु भएसँगै कोल्हुवा बजारमा रहेका पसलहरूबाट आफूले खरिद गरेका वस्तुको भुक्तानी गर्दा आफ्नो मोबाइलबाट क्यु.आरकोड स्क्यान गरी सिधै आफ्नो बैंक खाताबाट रकम भुक्तानी गर्न सकिनेछ ।

क्यु.आरकोड सेवाबाट आफूले प्रयोग गरेको वस्तु तथा सेवाको आफ्नै बैंक खातामार्फत डिजिटल भुक्तानी गर्दा ग्राहकको साथै व्यापारीलाई समेत खुद्रा पैसाको झञ्झट नहुने, बचत गर्ने बानीको विकास हुने, व्यापारीलाई हरेकदिन आफूले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानुनपर्ने तथा सरल, सहज र सुरक्षित भुक्तानीलगायतका थुप्रै सुविधाहरु प्राप्त हुनेछ ।

Received_3017727161886166

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%८%१%१%

प्रतिक्रिया दिनुहोस