२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

नयाँ पार्टी बनाउने माधव नेपालको घोषणा, भने- केपी ओली सुध्रिए चुनावमा सिट बाँड्न सकिन्छ

२०७८ भाद्र १, मंगलबार प्रकाशित ( साल अघि) ९१४ पाठक संख्या

नेकपा एमालेका नेता माधवकुमार नेपालले अब नयाँ पार्टी गठन गर्नुपर्ने बाध्यता आइसकेको भन्दै केपी ओलीका कारण एकता सम्भावना सकिएको घोषणा गरेका छन्। आन्तरिक बैठकलाई सम्बोधन गर्दै नेपालले आफूसहित १४ सांसदलाई निष्कासनको पत्र पठाएपछि एकताका लागि अन्तिम प्रयास गर्छु भन्ने घनश्याम भुसालको प्रयास पनि असफल भएको बताए।

नेपालले भने, ‘अब पार्टीको क्रान्तिकारी पुनर्गठन गर्छौ र नेपाल कम्युनिष्ट पार्टीलाई क्रान्तिकारीकरण गर्छौं। अहिले नयाँ दल दर्ता गरे पनि हामी तत्कालै अरु पार्टीसँग एकीकरण गर्दैनौं। ओली सुध्रिए भने त्यसपछि पनि एकता हुन सक्छ र चुनावमा सिट बाँडेर लड्न सकिन्छ।’

उनले केपी ओलीकै कारण प्रतिगमनकारी शक्ति र धर्मनिरपेक्षता विरोधीहरु सल्बलाउन थालेको आरोप पनि लगाए। ओली अहंकारको घोडामा सवार भएर गुटको राजनीतिमा लागेकोले एमालेको अस्तित्व नै धराशयी भएको नेपालको भनाइ छ।

ओलीले जालझेल मात्र गरेको र सहमति पनि पालना नगरेको भन्दै उनले अघि भने, ‘आजै पनि प्रकाश ज्वालालाई केन्द्रीय सदस्यबाट निकाल्नुभयो र २६० जनाको नाम निर्वाचन आयोगमा पठाउनुभएछ । सुन्दैछु, माधवकुमार नेपाल र रामकुमारी झाँक्रीसहित १४ जनालाई निष्कासन गर्नुभयो ।’

अब पार्टीलाई पुनर्गठन गरेर अघि बढ्नुको विकल्प नभएको भन्दै नेता नेपालले नयाँ दल दर्ताको संकेत गरेका छन् । नयाँ पार्टी खोल्दा पनि एकताको ढोका खुला राख्ने भन्दै उनले भने, ‘गल्ती स्वीकार गरेर आउनुभयो भने अहिले एकता हुन्छट, भोलि एकता हुन्छ, तीन महिनापछि हुनेछ । चुनावमा तालमेल गरेर जान सकिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस