चोरमारा । पूर्व नवलपरासीको मध्यबिन्दु नगरपालिकाले किसानहरुलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको तरकारीको बीउ , कृषि यन्त्र (Reaper) र स्प्रे टेङ्की वितरण गर्ने भएको छ ।
नगरपालिकाले एक सूचना प्रकाशित गरेर नगरपालिका क्षेत्रभित्रका इच्छुक कृषक समूह तथा सहकारीहरुलाई ५० प्रतिशत अनुदानमा तरकारीको बीउ , कृषि यन्त्र र स्प्रेटेङ्की प्राप्तीका लागि निवेदन आह्वान गरेको छ ।
नगरपालिकाले भदौ १४ गतेसम्म कार्यालय समय भित्र तपशिलका कागजात सहित कृषि विकास शाखामा निवेदन पेश गर्न सम्बन्धित सबैलाई सूचना मार्फत आग्रह गरेको हो ।
यसका लागि नगरपालिका भित्रका किसानहरुले कृषि समूह तथा सहकारीमार्फत १२ दिन भित्र निवेदन दिन सक्नेछन् ।
तपशिल :
१. कृषक समुह / सहकारी को हकमा
• कृषक समुह सहकारीको निवेदन ।
• कृषक समुह सहकारीको निर्णयको प्रतिलिपी ।
• कृषक समुह सहकारीको दर्ता प्रमाण पत्र प्रतिलिपी ।
• खेती गर्ने जग्गाको जग्गाधनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपी
२. फार्मको हकमा
• निबेदन ।
• नागरिकताको प्रतिलिपी ।
• फार्म दर्ता प्रमाणपत्रको प्रतिलिपी ।
• खेती गर्ने जग्गाको जग्गाधनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपी
३. कृषकको हकमा
• निबेदन ।
• नागरिकताको प्रतिलिपि ।
• खेती गर्ने जग्गाको जग्गाधनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपी
नोट : थप जानकारीको लागि सर्पक नं.९८५७०८७३५९