२०८१ आश्विन ६, आईतबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा अवैध भरुवा बन्दुक सहित एक जना पक्राउ

२०७८ भाद्र ३, बिहिबार प्रकाशित ( साल अघि) १२९१ पाठक संख्या

कावासोती  ।  नवलपुरमा अवैध भरुवा बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

मध्यबिन्दु नगरपालिका वडा नं १० अधेरी खोला स्थित प्रहरीले गस्ती गर्ने क्रममा दलबहादुर थापाको साथबाट अवैध बन्दुक सहित गोली बारुद फेला परेको हो ।

भित्री सडकमा लु २ प ५४४५ नम्बरको मोटरसाइकलमा सवार दलबहादुर थापालाई भरुवा बन्दुकको साथमा प्रयोग हुने १८ थान सिसाको गोलि, ५४ ग्राम बारुद र १६ थान पटका सहित अधेरी खोला भन्ने स्थान बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता मधुसूदन सिहंले बताए ।

पक्राउ परेका थापालाई हातहतियार तथा खरखजाना मुद्दामा कार्वाही प्रक्रिया अगाडि बढाईएको नवलपुर प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस