२०८१ आश्विन ६, आईतबार
नयाँ
पछिला अपडेट

कावासोतीमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

२०७८ भाद्र ३, बिहिबार प्रकाशित ( साल अघि) ५०७९ पाठक संख्या

कावासोती । नवलपुरको कावासोतीमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती वडा नं २ स्थित खरकट्टा जंगलमा पूर्वबाट पश्चिमतर्फ आउदै गरेको ना २ ख ७५५५ नम्बरको ट्रक र सोही दिशाबाट आईरहेको लु ४६ प ४७५८ नम्बरको मोटसाईकल एक आपसमा ठोक्किदा मध्यविन्दु नगरपालिका वाड नम्बर ३ निवासी २१ वर्षिय अमर अधिकारीको ज्यान गएको हो ।

अधिकारीको उपचारका क्रममा मध्यविन्दु जिल्ला अस्पतालमा साँझ ६ बजे ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल सवार सोहि स्थानकी १९ वर्षीया ममता खाँण भने घाइते भएकी छन्  । उनको नवलपुर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१२%१%३%२%६८%७%

प्रतिक्रिया दिनुहोस