२०८१ आश्विन ६, आईतबार
नयाँ
पछिला अपडेट

जापानबाट आइपुग्यो थप २ लाख ८७ सय डोज खोप

२०७८ भाद्र ५, शनिबार प्रकाशित ( साल अघि) ४२५ पाठक संख्या

काठमाडौं । कोरोना भाइरसविरुद्धको २ लाख ८ हजार बढी डोज खोप जापानबाट नेपाल आइपुगेको छ । जापान सरकारले कोभ्याक्स सुविधामार्फत उपलब्ध गराएको १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये आज २ लाख ८ हजार ७ सय डोज खोप आइपुगेको हो।

अब बाँकी रहेको खोप आगामी सोमबार नेपाल आउने बताइएको छ। १६ लाखमध्ये दुई चरणमा गरी बाँकी सात लाख डोज खोप नेपाल आउन लागेको हो। यसअघि जापानबाट ९ लाख खोप नेपाल आइसकेको छ।

अब आउने खोप प्रदेश १ र २ मा कोभिसिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई दिइनेछ।

स्वास्थ्य तथा जनसंख्याको शुक्रबारसम्म ३७ लाख ९९ हजार १७८ जनाले कोरोना विरुद्धको पूर्ण र ४९ लाख ७ हजार ५२३ जनाले पहिलो मात्रा खोप लगाइसकेका छन्।

facebook sharing button
twitter sharing button
linkedin sharing button
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस