२०८१ आश्विन ६, आईतबार
नयाँ
पछिला अपडेट

कावासोतीमा आईतबार नगदसहित सात जुवाडे पक्राउ

२०७८ भाद्र ६, आईतबार प्रकाशित ( साल अघि) ३१७४ पाठक संख्या

कावासोती । जिल्ला प्रहरी कार्यालय नवलपुरले जुवाको खालबाट नगदसहित सात जुवाडेलाई पक्राउ गरेको छ ।

कावासोती नगरपालिका वडा नं ७ स्याउली बजारमा जुवा खेलिरहेको अवस्थामा उनिहरु आज साझ ५ बजे पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका हरुको साथबाट नगद २४ हजार ७ सय ८० रुपैँया बरामद गरिएको प्रहरी निरिक्षक मधुसुदन सिहंले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा कावासोती नगरपालिका वडा नं: ८ का नेत्र बहादुर खड्का, कमल सुवेदी, अर्जुन घिसिङ, भूमिश्वर भट्टराई, दिल बहादुर रानाभाट, श्याम गुरुङ र यज्ञ प्रसात तिवारी रहेका छन् ।

उनिहरु सबैलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

 

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%२%३%४%३%

प्रतिक्रिया दिनुहोस