२०८१ आश्विन ६, आईतबार
नयाँ
पछिला अपडेट

महिलाले हकअधिकारबाट बञ्चित नहुन सोह्र वर्ष पुगेपछि नागरिकता बनाईहालौँ – प्रजिअ पंगेनी

२०७८ भाद्र ८, मंगलबार प्रकाशित ( साल अघि) ५२१ पाठक संख्या

ज्ञानु पंगेनी , नवलपुर

पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले १६ वर्ष पुगेपछि नागरिकता बनाईहाल्नुपर्ने बताउनुभएको छ । महिलाको सवालका सन्दर्भमा क्रियाशील पत्रकार महिला ( डब्लु डब्लु जे ) नवलपुरले मंगलबार जिल्ला प्रशाशन कार्यालयमा आयोजना गरेको छलफल तथा अन्तरकृया कार्यक्रममा बोल्दै उहाँले महिलाहरुले यस कुरामा अझै बढी चासो दिनुपर्ने बताउनुभयो ।

नागरिकता पाउने अधिकारबाट विविध कारणले धेरैजसो महिलाहरु नै बञ्चित हुनुपरेकाले १६ वर्ष पुगेपछि नागरिकता बनाईहाल्ुनपर्नेमा उहाँले जोड दिनुभयो । महिला हिंसादेखि महिलाले पाउनुपर्ने हरेक हक अधिकारबाट नागरिकता नभएकै कारण बञ्चित हुनुपरेका धेरै केशहरु प्रशासनमा आउने गरेको बताउँदै उहाँले नागरिकता पछि बनाउँला भनेर साँचेर राख्न नहुने बताउनुभयो । समयमै नागरिकता बनाउने कुरामा संचार माध्यम र सम्बन्धीत निकायले सचेतना जगाउने काम गर्न उहाँले आग्रह गर्नुभयो ।

यस्तै उहाँले यदि बाबुआमाको झैझगडा हुने , मनमुटाव भईरहने भएमा तुरुन्तै नाबालक परिचयपत्र बनाएर राख्नुपर्ने बताउनुभयो । पछि यदि आमालाई हिंसा गरेर जन्मदर्ता , नागरिकता बनाईदिन्न भनेर बाबुले भनेमा नाबालक परिचयपत्र आधार बन्ने उहाँले जानकारी दिनुभयो ।  ‘झैझगडा भएर आमालाई हिंसा भयो , बालबच्चाको जन्मदर्ता वा नागरिकता बनाईदिन्न भनेर  बुवाले भन्न पाउँदैन् । नाबालक परिचयपत्र नागरिकता जस्तै साक्षी भएर रहिरहन्छ । त्यसैले नाबालक परिचयपत्र बनाएर राख्न आवश्यक छ । ’ पंगेनीले भन्नुभयो । उहाँले बच्चा जन्मिसकेपछि जन्मदर्ता समयमै बनाउन समेत आग्रह गर्नुभयो ।  वडावडामा कतिजना बच्चा जन्मिए भन्ने कुराको तथ्याङ्क स्थानीय तहले राख्ने र अनिवार्य रुपमा जन्मदर्ता गर्न पहल गर्ने , जन्मदर्ता नगर्नेलाई ताकेता गर्ने जस्ता कार्य गर्न सकेमा पनि जन्मदर्ता र नागरिकता पाउने अधिकारबाट बञ्चित हुन नपर्ने उहाँले बताउनुभयो ।

यस्तै उहाँले विद्यालयले दिने सर्टिफिकेटमा पनि ध्यान दिन आवश्यक रहेको बताउनुभयो । जन्मदर्ता र सर्टिफिकेटमा नामथर जन्ममिति जस्ता कुरा फरक पर्दा जन्मदर्ता वा सर्टिफिकेट कुनको आधारमा नागरिकता दिने भन्ने कुराले पनि गाह्रो पार्ने भएकाले विद्यालयले सर्टिफिकेट बनाउँदा गल्ती नहुनेगरि ध्यान दिएर बनाईदिनुपर्ने उहाँले बताउनुभयो ।यसैगरि प्रतिलिपि लिन आउँदा दैनिक रुपमा न्युनतम ३ वटा नामथर सच्याउन भन्दै हिंसामा परेका महिलाहरु आउने गरेको पंगेनीले बताउनुभयो । विभिन्न किसिमका ंिहंसामा परेर डिभोर्स भएपछि प्रतिलिपि सच्चउन आउने गरेको उहाँले जानकारी दिनुभयो । कतिपय बालबिवाह भएका र धेरैजसो २५ देखि २७ वर्षभित्रका महिलाहरु बढि आउने गरेको उहाँले बताउनुभयो ।

एक वर्षमा ९ हजार १४८ वटा नागरिकताको प्रतिलिपी बिग्रेको पाईएकोले ती सबै नागरिकतालाई सच्चाउने काम भएको उहाँले बताउनुभयो । । करीब ९५  प्रतिशत प्रतिलिपी बिग्रेको पाईएको उहाँले बताउनुभयो । नागरिकता बनाउँदा कतिपय कर्मचारीहरुले नियतबश नै दुःख दिने प्रवृती समेत रहेकोले आफु आएपछि यस्ता कुरालाई निरुत्साहित गरेको बताउनुभयो ।  नितीनियमभित्र रहेर दिन मिल्ने सबै नागरिकलाई सहज रुपमा नागरिकता दिने र  गल्ती भएका, बिग्रेका नागरिकतालाई सच्चाउने काममा सहज वातावरण बनाएको उहाँको भनाई छ ।

नागरिकताको अधिकार पाउने कुरामा विभिन्न कारणले महिलाहरुले समस्या झेल्नुपर्ने , आमाको नामबाट नागरिकता  पाउने कुरा कार्यान्वयन हुन नसक्दा  छोराछोरी समेत नागरिकता बिहीन बन्नुपर्दा उनीहरुले नेपाली नागरिक हुने अधिकार र अन्य सेवा सुविधाबाट समेत बञ्चित बन्नुपरेको छ । महिलाले नागरिकता पाउने र आमाको नामबाट नागरिकता पाउने कुरालाई माथील्लो  निकायबाट नै सहज बनाईनुपर्ने  प्रजिअ पंगेनीले बताउनुभयो  । ‘नागरिकता दिने त प्रशासन हो , विदेशी नागरिकलाई नागरिकता दिन नहुने कुरामा प्रशासनले कडा गर्ने हो । तर , विदेशीले पनि नागरिकता पाउँछन् की भन्ने कुराले महिलाहरुलाई नागरिकता दिने र आमाको नामबाट नागरिकता पाउने कुरालाई रोक्नु हुँदैन् । नागरिकताको अप्ठेरो गाँठोलाई माथीबाटै राजनैतिक रुपमा फुकाउनुपर्छ । नभए धेरै महिलाहरु अधिकारबाट बञ्चित हुनुपुग्छन् । ’ पंगेनीले भन्नुभयो ।

प्रशासन कार्यालयको तथ्याङ्क अनुसार गत वर्ष चार हजार ४९५ जना महिलालाई नागरिकताको प्रमाणपत्र वितरण गरिएको छ । भने , चार हजार ३ सय ४६९ जना महिलाको नागरिकताको प्रतिलिपि बनाईएको छ । क्रियाशील पत्रकार महिला नवलपुरकी अध्यक्ष ज्ञानु पंगेनीको अध्यक्षतामा भएको कार्यक्रममा प्रजिअ पंगेनीको प्रमुख आतिथ्यता  रहेको थियो । कार्यक्रममा बोल्दै क्रियाशील पत्रकार महिला नवलपुरकी अध्यक्ष पंगेनीले महिलाको हक अधिकारका लागि महिला पत्रकारहरुले सदैव कलम चलाईराख्ने बताउँदै कार्यालयका कामकारवाहीमा गल्ती कमजोरी भए खबरदारी समेत गर्ने बताउनुभयो । महिलाका विषयमा निरन्तर सहकार्य गरेर अघि बढ्न उहाँले प्रजिअसंग आग्रह गर्नुभयो ।

कार्यक्रममा त्रियाशील पत्रकार महिला नवलपुरकी उपाध्यक्ष शारदा झेंडीले स्वागत मन्तव्य राख्न्ुभएको थियो भने , सचिव राधिका भुषालले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ नवलपुरकी उपाध्यक्ष मुना दाहाल , सहसचिव धनु भुषाल , फोनिज गण्डकी प्रदेश उपाध्यक्ष कमला राना लगायत जिल्लाका महिला पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: , ,
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस