काठमाण्डौ । वैदेशिक रोजगारीको नाउँमा ठगी गर्ने रामेछाप घर भइ काठमाण्डौ बस्दै आइरहेका पोश बाहादुर सुनुवारलाई अपराध महाशाखा काठमाण्डौले बुधवार कोटेश्वरबाट पक्राउँ गरेको छ ।
पक्राउँ परेका पोश बाहादुर सुनुवारले काभ्रेका ६ युवाहरुलाइ वर्किङ भिषामा युरोपको लुथिनिया पठाइ होटलमा काम लगादिने र प्रतिव्यक्ति ७ लाख लाग्ने भन्दै विश्वासमा पारी युवाहरुबाट ६ लाख लिएर सम्पर्क विहिन भएका थिए ।
प्रहरीले आवश्यक अनुसन्धानका लागि सुनुवारलाई बुद्धनगर स्थित वैदेशिक रोजगार विभाग पठाएको जनाएको छ ।