२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

बाढीका कारण पश्चिम नवलपरासीकाे जनजीवन प्रभावित

२०७८ भाद्र ११, शुक्रबार प्रकाशित ( साल अघि) ८९६ पाठक संख्या

परासी । अविरल वर्षाका कारण आएको बाढीले नवलपरासी पश्चिमको जनजीवन कष्टकर बनेको छ।

बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सरावल गाउँपालिका , प्रतापपुर गाउँपालिका ,पाल्हिनन्दन गाउँपालिका, सुस्ता गाउँपालिका ,रामग्राम नगरपालिका र बर्दघाट नगरपालिकाका अधिकांश गाउँहरूमा पसेको बाढीले स्थानीय बासिको घरमा क्षति पुर्‍याएको छ।

पानीको सहज निकास नहुँदा घर तथा पसलहरु डुबेका हुन् । सडकमा पानी जम्मा हुँदा आवत–जावत गर्नसमेत कठिनाई भएको छ।

डुवानका कारण घरभित्र पानी पस्दा अन्नपात, लत्ताकपडा भिजेका छन् भने धारा पानिमा डुबेको हुनाले धमिलाे पानी अाउने गरेको स्थानीयले जानकारी दिएका छन ।

झरही नदि र धनेवा नदिकाे कारणले पानीले निकास नपाएकाले गाउँमा पानी पस्दा डुबानमा परेको हो।

गाउँ तथा बाटोमा पनि घुँडाभन्दा माथि पानी पुगेकाले स्थानीय समस्यामा परेका छन् । बाटाे तथा खेतमा जलमग्न भएको हुनाले अावतजावत गर्न समस्या भएको छ ।

पश्चिम नवलपरासीको प्रतापपुर, सरावल ,पाल्हिनन्दन र सुस्ता गाउँपालिका बासिन्दा सधैं बाढी र प्राकृतिक विपद्को जोखिममा रहेका छन् ।

साे स्थानका केहि बस्ती डुबानमा परेको भएपनि अहिलेसम्म धनजनको क्षति नभएको स्थानीयले बताए ।

बाढी गाउँघरमा पसेकोले कतिपय गाउँमा जागरन समेत बसेका थिए । जिल्लाका विभिन्न नदीहरुमा पानीको बहाब बढ्नुको साथै बस्तीमा पनि पानी पसेको छ । बस्तीका घरहरुका कोठाकोठासम्म पानी पसेर बस्न नै समस्या भएको स्थानीयले बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस