२०८१ आश्विन ६, आईतबार
नयाँ
पछिला अपडेट

अरुणखोलाको बाढीले दुईबटा ट्रक पल्टायो

२०७८ भाद्र ११, शुक्रबार प्रकाशित ( साल अघि) ३३६७ पाठक संख्या

खगेन्द्र पराजुली,
कावासोती । नवलपुरको अरुणखोलामा दुईवटा ट्रक पल्टिएको अवस्थामा बेवारिसे फेला परेका छन् । लु २ ख ६७६ र लु २ ख ५ नं. का दुईवटा ट्रक खोलामा आएको बाढीले बगाएर पल्टेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक मधुसुदन सिंहका अनुसार गएराती स्थानीयले खोलामा ट्रक देखेको सूचना प्राप्त भएपश्चात् प्रहरी पुगेको हो । मध्यविन्दु नगरपालिका वडा नं. ११ कुसुण्डेस्थित दक्षिणबाट उत्तर राजमार्गतर्फ आउँदै गरेका हाफ–ट्रेलरका दुईवटै ट्रक पुराना मोडलका भएकाले स्थानीय ढुवानी सेवामा प्रयोगमा आउने खालको प्रकृतिका देखिए पनि कस्को गाडी, कहाँ गएका वा हिडेका भन्ने स्पष्ट रुपमा नखुलेको बताईएको छ ।

खोलामा ढुंगा, गिटी, बालुवा उठाउन गएका बेला अकस्मात आएको बाढीले बगाएको हुनसक्ने वा खोला तर्ने क्रममा पल्टिएको हुनसक्ने भएकाले सोही अनुमानका आधारमा अनुसन्धान भईरहेको पनि प्रहरीको भनाई छ ।
ट्रकका चालक, सहचालक मोटर धनी कोही पनि अहिलेसम्म सम्पर्कमा नआउँदा प्रहरीले ती साधनको पहिचानको अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%६%६%

प्रतिक्रिया दिनुहोस