२०८१ आश्विन ६, आईतबार
नयाँ
पछिला अपडेट

हुप्सेकोट पहिरो : वेपत्ता भएकाको खोजि गर्न कार्यकर्ता लिएर निस्किए सांसद लामिछाने

२०७८ भाद्र १२, शनिबार प्रकाशित ( साल अघि) २३९२ पाठक संख्या

कावासोती । गण्डकी प्रदेशका सांसद तथा नेपाली कांग्रेस नवलपुरका जिल्ला सभापति विष्णु प्रसाद लामिछाने बाढी पहिरो प्रभावितको उद्धारमा निस्किएका छन् ।

सुरक्षाकर्मीसहित कांग्रेसको भातृसंस्थाका युवाहरुलाई लिएर पहिरो प्रभावित क्षेत्र हुप्सेकोटका लागि निस्किएको लामिछानेले बताए । पूर्वी नवलपरासीको हुप्सेकोट–४ मा हस्तबहादुर पुलामीको घर पहिरोले पुर्दा तीनजना बेपत्ता भएका छन् ।

हस्तबहादुरकी श्रीमती ४० वर्षीया धनमाया तथा सात र ६ वर्षीया नातिनीहरू भूमिसरा र देउमायाको अवस्था अज्ञात छ । उनिहरुको खोजिका लागि जनशक्ति अभाव भएपछि लामिछानेले युवा कार्यकर्ता सहित सुरक्षाकर्मीको टोली लिएर उद्धार एवं खोजिका लागि निस्किएका हुन् ।

पहाडी क्षेत्र हुप्सेकोट ४ मा पुग्न समस्या रहेको छ । ठाउँठाउँमा ठुला पहिरो र चिप्लो बाटोका कारण एक्साभेटर पुर्‍याउन सम्भव नभएपछि मानव जनशक्ति लिएर निस्किएको उनको भनाइ छ । टिपर जानसक्ने भागसम्म टिपरमा र त्यसपछि पैदल यात्रा गरेर प्रभावित क्षेत्रमा जाने उनले बताए ।

उद्धारका लागि आवश्यक सुरक्षा सामाग्री सहित आफुहरु निस्किएको र ३,४ घण्टामा पुग्ने उनको भनाइ छ । यस्तै गिरुवारी खोलाको मुहान थुनिएकाले त्यसलाई समेत खुलाउन आफुहरुको प्रयास रहने लामिछानेले बताए । जोखिममा रहेकाहरुलाई उद्धार गर्ने र सबैभन्दा पहिले थप मानव क्षती हुन नदिनेगरी काम गर्ने उनले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%७%२%१%

प्रतिक्रिया दिनुहोस