कावासोती । नवलपुरमा ६० हजार नगदसहित सात जुवाडे पक्राउ परेका छन ।
पक्राउ पर्नेमा नवलपुर मध्यबिन्दु नगरपालिका वडा नम्बर १३ मैनाघाटका डोल ब।सारु ,सोही ठाउँका बल ब।सारु, बिरेन्द्र थापा, सुर्य प्रसाद खनाल , टुल ब।सारु, यम सोमै र लमजुङ बेसिशहर नगरपालिका वडा नम्बर ११ को सुवास बाबु पाण्डे रहेका छन ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार मध्यविन्दु नगरपालिका मैनाघाटमा तास खेलिरहेको अवस्थामा ५९ हजार ८९० नगद सहित उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ परेका सबैलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको छ ।
जुवातास विरुद्ध आक्रमक देखिएको प्रहरीले सादा पोशाकमा प्रहरीहरु परिचालन गरी शङ्कास्पद ठाउँमा छापा हान्दा पछिल्लो समय धमाधम जुवाडेहरु पक्राउ पर्न थालेका छन् ।
व्यवसायिक जुवाडेहरुको खोजीमा प्रहरीले सादा पोशाकमा टोली नै खटाएको जनाएको छ । प्रहरीले कावासोती र देवचुलीका विभिन्न होटल, चोक, गल्ली, लगायतका क्षेत्रमा पनि निगरानी बढाइरहेको छ।