२०८१ आश्विन ६, आईतबार
नयाँ
पछिला अपडेट

नारायणी नदीले सतर्कता तह नाघ्यो, सचेत रहन आग्रह

२०७८ भाद्र १३, आईतबार प्रकाशित ( साल अघि) १०३६ पाठक संख्या

चितवन । नारायणी नदीले सतर्कता तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नारायणी नदी देबघाट बाढी मापन केन्द्रमा दिउसो ३ बजे जलसतह सतर्कता तह पार गरेको हो ।

पानीको सतह ७.३ मिटर सतर्कता तह मानिन्छ । नारायणीमा पानीको बहाब ७.३४ मिटर पुगेको छ । नदीमा पानीको बहाव बढिरहेकाले खतराको तह आसपास पुग्न सक्ने भन्दै सतर्क रहन चितवन प्रशानसले अपील गरेको छ । चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जिल्लाका सबै सुरक्षा निकायलाई हाइअलटमा बस्न निर्देशन गरिएको नारायणी अनलाइनलाई जानकारी दिनुभयो ।                                                                                                                          आजै जिल्ला सुरक्षा समितिको बैठक समेत बसेको उहाँले बताउनुभयो । चितवन र नवलपरासीको तटीय क्षेत्रका वासिन्दाले दिउँसोसम्मै उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले भनेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%३%

प्रतिक्रिया दिनुहोस