गैँडाकोट । नवलपुरमा नारायणी नदीले बगाँउदा एक जना बृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं ११ स्थायी घर भएका ९१ वर्षका देवीराम आर्चायको नदीले बगाएर आज मृत्यु भएको प्रहरीले जनाएको छ ।
गैँडाकोट नगरपालिका वडा नं २ स्थित आफ्नै भान्जाको घरमा केहि समयदेखि बस्दै आएका आचार्य विहान नदीमा जल चढाउन भन्दै पुगेका आर्चायको नुहाउने क्रममा बगेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
उनलाई नदीले करिब ५ सय मिटर तल पुराएको र तत्कालै उद्धार गरिएको भएपनि उनलाई बचाउन नसकिएको प्रहरीले जनाएको छ।
बृद्धको शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको छ।