नवलपरासी पूर्व , २९ भदौ
गैडाकोट नगरपालिका ६ टोलटोले बस्ने २२ वर्षीय सन्त सुनारको सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा लडेर सोमबार दिउँसो मृत्यु भएको छ ।
सोही ठाउँ बस्ने सागर गुरुङको घरको सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा चिप्लिएर लड्दा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पताल चितवनतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।