२०८१ आश्विन ८, मंगलबार
नयाँ
पछिला अपडेट

कांग्रेस मध्यविन्दु नगर सभापतिमा भण्डारी सहितको प्यानलले गर्‍यो उमेदवारी घोषणा

२०७८ आश्विन ६, बुधबार प्रकाशित ( साल अघि) २६९६ पाठक संख्या

चोरमारा । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिएसँगै नगर हुने अधिवेशनमा उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ ।

मंगलवार एक औपचारिक कार्यक्रमको आयोजना गरी नेपाली कांग्रेस मध्यविन्दु नगर सभापतिमा दोमन भण्डारी सहितको प्यानलले उमेदवारी घोषणा गरेको हो ।

कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत यही असोज ९ गते हुने नगर समितिको निर्वाचनको लागि हालका सभापति समेत रहेका दोमन भण्डारीले पुन:सभापतिको लागि उमेदवारी घोषणा गरेका हुन् ।

FB_IMG_1632254134175

भण्डारीसँगै सोही प्यानलबाट उप सभापतिमा प्रशुराम थारु र जित बहादुर थापा , सचिवमा तिलक न्यौपाने र हरी बस्ताकोटी, सह सचिवमा गणेश महतो र टेक बहादुर ढेङ्गाले पनि आफ्नो उमेदवारीको घोषणा गरेका छन् ।

उमेदवारी घोषणा कार्यक्रममा बोल्दै भण्डारीले कांग्रेसको नेतृत्व युवाहरुले गर्नुपर्ने अहिलेको आवश्यकता बमोजिमनै आफूहरुले उम्मेदवारी दिएको बताए ।

पार्टीमा युवा नेतृत्वलाई मौका दिनुपर्ने भन्दै पार्टीको विकास र पार्टीलाई सबल एवं मजबुत बनाउँदै आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाएर आफ्नो उम्मेदवारलाई विजयी बनाउने लक्ष्य रहेको बताए ।

उनले आफ्नो जिवनको उर्जाशील समय राजनीतिमानै लागेर सेवा गर्ने सोच रहेको र पार्टीलाई एकताबद्ध गरेर अब आउने चुनावमा पहिलो नम्बरको पार्टी बनाएर लैजान सबैको हातेमालो आवश्यक रहेको जिकिर गर्दै त्यसको लागि आफू सक्षम भएकाले पनि उमेदवारी दिएको धारणा ब्यक्त गरे ।

उनले कांग्रेसको १४औं महाधिवेशनमा आफू र आफ्नो प्यानलाई मत दिइ जिताउन आग्रह गर्दै यसले पुरै मध्यविन्दु नगर कांग्रेसलाई बलियो बनाउन मद्दत मिल्ने बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%११%१%

प्रतिक्रिया दिनुहोस