काठमाडौ । श्रावण र भाद्र महिनामा मात्रै सशस्त्र प्रहरी बल पर्साले झन्डै तीन करोड ३६ लाख बराबरको मालसामान बरामद गरेको छ।
खुला सिमानाको कारण विभिन्न नाकाहरुको प्रयोग गर्दै दिनप्रतिदिन चोरी पैठारी बडेको र नियन्त्रण गर्न सिमामा उच्च सतर्कता अपनाइएको सशस्त्र प्रहरी बल पर्साका सशस्त्र प्रहरी बल उपरीक्षक राजेन्द्र खड्काले बताउनु भयो ।
बरामद सामानहरु भन्सार दाखिलाको लागि बुझाइएको खड्काले जानकारी दिनु भएको छ ।
उक्त बरामद सामानहरुमा लत्ताकपडा , हार्ड्वेयरका सामग्री लगायतका रहेका छन ।