२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा चरचरे तथा भ्यागुते रोग बिरुद्ध खोप लगााउने अभियान सुरु

२०७८ आश्विन १६, शनिबार प्रकाशित ( साल अघि) १५९४ पाठक संख्या

चोरमारा । नवलपुरको मध्यबिन्दु नगरपालिका पशु सेवा शाखाको आयोजनामा मध्यविन्दु-२ पनि गाई तथा भैँसीहरुलाई चरचरे तथा भ्यागुते रोग बिरुद्ध खोप लगााउने अभियान सुरु भएको छ ।

सो अभियान मध्यबिन्दु नगरपालिका भरी सन्चालन गरिएकाले  यस क्षेत्रका किसानले लाभ लिनेमा बिश्वस्त रहेको पशु सेवा शााखाका प्रमुख ज्ञान प्रसाद भट्टराईले बताउनुभयो ।

आगामी दिनमा पनि किसान तथा कृषकहरुको समस्या समाधान गर्ने खालका कार्यक्रहरु सन्चालन गरिने र यस्ता कार्यक्रमलाई निरन्तरता दिने भट्टराईले जानकारी दिनुभयो।

चरचरे तथा भ्यागुते रोगका कारण यस क्षेत्रमा किसाहरु समस्यामा पर्ने गरेका र यस रोगबाट पशुहरुको मृत्यु समेत हुने भएकोले खोप लगाउदै हिंडेको भेटनरी प्रविधिक रामभक्त अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार खोप अभियानको पहिलो दिन मध्यविन्दु वडा नं २ का केही घरधुरीका गाई, भैँसीहरुलाई सो खोप लगाईएको बताउदै छुतपुटलाई पुन:निरन्तर्ता दिने समेत बताउनुभयाे ।  स्थानियहरु  भने आफनो पशुहरु खोप लगाउन टाढा जानबाट राहत महसुस गरेको भर्दै खुसी व्यक्त गरेका छन् ।

के हो भ्यागुते रोग ?

यो जीवाणुले लगाउने सरुवा रोग हो । यो रोगले गाइलाई भन्दा भैँसीलाई बदी आक्रमण गर्छ । यो रोग को प्रभाव गर्मी तथा बर्षायाममा बदी देखिन्छ ।  यो रोग नियन्त्रण त गर्न सकिन्छ । तर तत्काल नियन्त्रण गर्ने उपाय भनेको भ्याक्सिन नै हो । पहिलाको वर्षहरूमा पनि गर्मी मौसममा यो रोग देखा पर्थ्यो ।

अलि बढी अक्सिजनको कमी हुने र तापक्रम बढ्ने समयमा यस्तो रोग देखा पर्ने गरेको छ ।

भ्यागुते रोगको लक्षण

– पशुले आहारा खान छोड्ने

– ज्वरो आउने

– नाक, मुखबाट र्‍याल काढ्ने

– घाटी घर्र घर्र गर्ने

– जिब्रो पुलिएर भ्यागुता जस्तो हुने

– आँखा रातो हुने,

– कान लत्रिने,

– सुरुमा दिसा कब्जियत हुने तथा पछाडि रगत मिसिएर पातलो दिसा गर्ने,

– पेट दुखेकोले दाँत कट्काउने,

– नाक बाट पहेँलो पदार्थ निकाल्ने तथा श्वास फेर्न नसकी ६/८ घण्टामा पशुको मृत्यु हुने

पशुपालन किसानले यी कुरामा ध्यान दिने

– बर्षायाम सुरु हुनु अगाडी प्रत्येक पशुलाई खोप लगाउने

– रोगी पशुलाई तुरुन्तै बथानबाट अलग्गै राख्ने

– रोगले छोएको वा संका लागेको बस्तुलाई रोग फैलिएको बखत खोप लगाउन हुँदैन

– गोठमा जैविक सुरक्षा अपनाउने

– गोठमा सरसफाइ गर्ने

– बिरामी पशुलाई अलग राखेर उपचार गर्ने

– ठुलो फार्म भए पनि बाउन्ड्री नभएका कारण रोग फैलन सक्ने जोखिम

–  गहिरो खाडल खनेर मरेको पशुलाई गाड्नु र माथिबाट चुन छर्कनु पर्दछ

– एच.एस.एलम प्रेसीपिटेट भ्याक्सिन भैसीमा ५ मि.लि छाला मुनि वा मासुमा पाडा पाडीमा ३ मि.लि सोहि तरिकाले प्रत्येक वर्ष सोहि समएमा लगाउनु पर्दछ। सुइ दिएको ३ दिनसम्म वस्तुभाउलाई जोत्न वा काममा लगाउनु हुदैन।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस