२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

मौरी पालक महासंघ जिल्ला शाखा नवलपुरको दोस्रो साधारण सभा सम्पन्न

२०७८ आश्विन १७, आईतबार प्रकाशित ( साल अघि) ८४० पाठक संख्या

देवचुली,

नेपाल मौरी पालक महासंघ जिल्ला शाखा नवलपुरको दोस्रो साधारण सभा आइतबार सम्पन्न भएको छ । नेपाल मौरी पालक महासंघ जिल्ला शाखा नवलपुरका अध्यक्ष यदु कण्डेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल मौरी पालन महासंघ केन्द्रीय अध्यक्ष शिवप्रसाद पौडेलकोे प्रमुख आतिथ्यता रहेको थियो ।

No description available.

“नियमित गरौ मह सेवन, हुन्छ स्वस्थ र दिर्घ जिवन” भन्ने नाराका साथ दलदलेमा संघको दोस्रो साधरण सभा सम्पन्न भएको हो । कार्यक्रममा देवचुली नगरपालिका कृषक संघका अध्यक्ष शोभाकान्त रेग्मीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएका नेपाल मौरी पालन महासंघ केन्द्रीय अध्यक्ष पौडेलले मौरीपालन व्यवसायको विकास र सम्भावनाहरु उजागर गर्ने गरि संघले स्थापनाकाल देखि नै अर्थपूर्ण प्रयासहरु गर्दै आइरहेको बताउँदै सम्पूर्ण मौरी पालक कृषकहरुलाई निरन्तर मौरी पालन गर्न अनुरोध गर्नुभएको थियो । साथै उहाँले किसानहरुलाई तोरीमा विषादी नछर्न अनुरोध गर्नुभएको थियो । उहाँले मौरी पालकहरुको समस्यालाई राज्यले एकदिन पक्कै बुझेर समाधान गर्नेमा आँफू विश्वस्त रहेको समेत बताउनुभयो ।

No description available.

कार्यक्रममा मौरी पालक संघ गण्डकीका बरिष्ठ उपाध्यक्ष चण्डिका प्रसाद लामिछानेले चरनको मुख्य समस्या मौरी पालन व्यवसायीहरुलाई भइरहेको बताउँदै संघले यस समस्यालाई समाधान गर्नुपर्ने बताउनुभएको थियो ।

No description available.

यसैगरि कार्यक्रममा कृषि ज्ञान केन्द्र नवलपुरका संरक्षण विश्वास रेग्मीले कृषकहरुमा ज्ञानको कमी भएकाले गर्दा धेरै समस्या हुने गरेको बताउनुभएको थियो साथै उहाँले मौरीबाट आउने महको गुणस्तर हेरेर बजारीकरण गर्न अनुरोध गर्नुभएको थियो ।
कार्यक्रममा दुई बर्षमा भए गरेका प्रगति प्रतिवेदन नेपाल मौरी पालक महासंघ जिल्ला शाखा नवलपुरका सचिव खिमानन्द भुसालले गर्नुभएको थियो ।

No description available.

कार्यक्रममा जिल्लाका मौरी पालकहरुको उपस्थिती रहेको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस