२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा १३ लाख बराबरका अवैध सामान बरामद

२०७८ आश्विन १८, सोमबार प्रकाशित ( साल अघि) १३८३ पाठक संख्या

हरि शर्मा

परासी, १८ असोज । भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा पश्चिम नवलपरासी प्रहरीले १३ लाख बराबरका अवैध सामान बरामद गरेको छ ।

जिल्लाका सीमावर्ती नाकाबाट भन्सार चोरी गरेर ल्याउँदै गरेको अवस्थामा बर्दघाट, सुस्ता र महेशपुर नाकाबाट उक्त सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राजु लामाले जानकारी दिए । आइतबार राती पिकअप भेनबाट ल्याउँदै गरेको अवस्थामा बर्दघाटबाट बरामद गरिएका सामानमा ६ लाख ७७ हजार बराबरको तामाका भाँडा र कुखुराको लागि प्रयोग हुने औषधि छन् ।

 

सुस्ताको रतनगञ्जबाट पिकअप भेनमा राखेर ल्याउँदै गरेको अवस्थामा ५ लाख बराबरको ९ सय ६४ लिटर मोबिल बरामद गरिएको छ ।

 

त्यस्तै महेशपुरको कुस्माबाट १ लाख ५० हजार बराबरका विद्युतिय सामाग्री बरामद गरेको प्रहरीले जनाएको छ ।

 

बरामद भएका सामान र सवारी साधानलाई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको डिएसपी लामाले जानकारी दिए ।

 

दुवै देशबाट सीमा नाका खोलेसँगै तस्करी कार्य बढ्ने सक्ने भएकाले प्रहरीले निगरानी बढाएर चेकजाँचलाई तिव्रता दिइएको प्रहरी उपरीक्षक मनोज कुमार यादवले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%२%

प्रतिक्रिया दिनुहोस