काठमाण्डौ । सुर्खेतबाट मुगु सदरमुकाम गमगढी तर्फ जादै गरेको भे.१ ख.३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७, पिना झ्यारीखोलामा मंगलवार दिउँसो २ बजे दुर्घटना हुँदा २३ जनाको घटनास्थलमा मृत्यु भएको छ ।
भने १० भन्दा बढी यात्रु घाइते भएका छन । बसमा ३९ यात्रु सवार थिए ,बस टुक्रा टुक्रा भएको र मृतकको सख्या अझै बढन सक्ने प्रमुख जिल्ला अधिकारी रोमबाहादुर महतले जानकारी दिनु भएको छ ।
यसैगरी घाइतेहरुलाइ समिट एयरको जाहाज र नेपाली सेनाको हेलिकप्टरबाट उपचारको लागि नेपालगञ्ज लगिएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ । सडकबाट अन्दाजि साढे दई सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।