गैँडाकोट । मौलाकालिका मन्दिर गैँडाकोटको नवरात्रको नौ दिन सम्ममा करिव ४५ हजार भक्तजनले मन्दिरको अवलोकन गरेका छन । यसअघि कोरोनाको प्रभावका कारण बन्द गरिएको मन्दिर अहिले प्रभाव कम भएसँगै खुल्ला गरिएको थियो ।
मन्दिरको करिव ४५ हजार भक्तजनले दर्शन गर्नुभएको र पूर्ण रुपमा रुवास्थ्य मापदण्ड पालना गरिएको मौलाकालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शालिकराम सापकोटाले बताउनुभयो ।
नवरात्रको अवधिमा मन्दिरमा करिव ५÷६ लाख भेटि संकलन भएको उहाँले जानकारी दिनुभयो ।