चोरमारा । नेकपा एमालेको प्रथम गाउँ तथा नगर अधिवेशनमा मध्यविन्दु नगरपालिकाबाट मधुविलास अधिकारीको नेतृत्वमा ७५ सदस्यीय कमिटी सर्वसम्मत चयन भएको छ ।
अधिवेशनले उपाध्यक्षमा झिनक राम महतो, सचिवमा केवल बहादुर पाल्पाली, उप सचिवमा मुकुन्द जिसी , देबीराम चयन गरेको छ ।
जिल्लाको विनयी त्रिवेणी गाउँपालिका र गैंडाकोट नगरपालिकाका केही वडाहरुको वडा अधिवेशन सम्पन्न नभएको कारण अधिवेशन स्थगित भएको छ।
वडा तहको निर्वाचन सम्पन्न भएपछि पालिका अधिवेशन हुनेछ । केही दिन भित्रै दुवै पालिकाको अधिवेशन हुने जनाइएको छ ।