२०८१ मंसिर १२, बुधबार
नयाँ
पछिला अपडेट

मुहार फेर्दै ‘घुमाउरी पिकनिक स्पोट’

२०७८ कार्तिक ११, बिहिबार प्रकाशित ( साल अघि) ४७१ पाठक संख्या

देवचुली,
पूर्व पश्चिम राजमार्गको होहल्ला देखि केही टाढा र शान्त वातावरणमा रहेको देवचुली नगरपालिकाको घुमाउरी पिकनिक स्पोर्टको मुहार फेर्ने योजनालाई मुर्तरुप दिन भौतिक निर्माणलाई तिव्रता दिइएको छ ।

देवचुली नगरपालिका वडा नं ९ विशालटारमा रहेको घुमाउरी सामुदायिक वन क्षेत्र भित्र रहेको पिकनिक स्पोर्टमा शरद ऋतु लागेसँगै पिकनिक खान आउने मानिसहरुको घुँइचो लाग्ने गर्दछ । लामो समयदेखि नै यहाँ विभिन्न ठाउँबाट पिकनिक खान देखि रमाईलो गर्नका लागि मानिसहरु आउने गर्थे । मानिसहरुको चहलपहलले व्यापकता पाएसँगै यस स्पोर्टलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न घुमाउरी सामुदायिक वनले विभिन्न भौतिक निर्माणलाई जोड दिएको छ ।

No description available.

आन्तरिक तथा बाह्य पर्यटक भित्राउने योजनाले संरचना निर्माणलाई ध्यान दिईएको घुमाउरी सामुदायिक वनका अध्यक्ष दिपक भट्टराईले बताउनुभयो । उहाँले घुमाउरी पिकनिक स्पोर्टलाई महत्वपूर्ण पर्यटकीय गन्तव्य बनाउनका निम्ति समिति लागि रहेको बताउनुभएको छ ।

संघीय सरकारको पर्यटन मन्त्रालय मार्फत् दश लाख बजेटबाट घुमाउरी पिकनिक स्पोर्टमा त्रिभुज आकारको पानी फोहोरा, प्रवेशद्धार, बाटो निर्माण, दुई वटा सात फिटको फाईबर हात्ती, कंक्रिटको ३० वटा कुर्ची, रुखहरुमा रंगरोगन, बाटोको छेउमा चेनको बार, जमिनको सतह देखि ४० फिट अग्लो १० बाई ४ को घुमाउरी लेखिएको होडिङ्ग बोर्ड लगायतको भौतिक संरचनाहरु निर्माणधीन अवस्थामा रहेको अध्यक्ष भट्टराईले बताउनुभयो ।तिहार लगतै मानिसहरु पिकनिक खानका लागि विभिन्न स्थलमा पुग्ने गर्दछन् ।

No description available.

आफ्नै ठाउँमा भएको पिकनिक स्पोर्टलाई आकर्षक बनाई पर्यटकहरुलाई भित्राउन सके सामुदायिक वनलाई फाईदा हुने वन समितिको विश्वास छ । पिकनिक स्थल क्षेत्रको आवरण, सेवासुविधा र बसाईलाई व्यवस्थित गर्नसके पिकनिक स्पोर्टमा आन्तरिक पर्यटकहरुको चहलपहल बढ्दै जाने र पिकनिक स्पोर्टले घुमाउरीको मात्र नभई समग्र देवचुली नगरपालिकाको पर्यटन विकासमा टेवा पुग्ने समितिको भनाई छ । तिहार सम्ममा सम्पूर्ण संरचनाका काम सम्पन्न गरि पिकनिक खान आउने आगन्तुक पाहुनाहरुलाई स्वागत गर्न घुमाउरी पिकनिक स्पोर्ट तयार रहेको भट्टराईले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस