२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

देवचुली नगरपालिकामा ५९ हजार बढिले लगाए कोरोना विरुद्धको खोप

२०७८ मंसिर १९, आईतबार प्रकाशित ( साल अघि) ३४२ पाठक संख्या

बिबेक भण्डारी
देवचुली । देवचुली नगरपालिकामा ५९ हजार बढिले कोरोना विरुद्धको खोप लगाएका छन । स्वास्थ्य शाखाका प्रमुख रामकुमार श्रेष्ठका अनुसार नेपाल सरकारको निर्देशन बमोजिम खोप लगाइएको बताए ।

छुटफुट रहेका जनताहरुको हकमा वडाबाट खोप नलगाएकाहरुको तथ्याक लिएर मंसिर ९ गते खोप लगाईको थियो । स्वास्थ्य शाखा प्रमुख श्रेष्ठका अनुसार देवचुली नगरपालिका भरिका ३६ हजार बढिले पहिलो खोप लगाएका छन भने साढे २३ हजारले दोस्रो मात्राको खोप लगाएको बताए ।

श्रेष्ठका अनुसार १८ वर्ष भन्दा माथिका खोप लगाउनेको संख्या करिव करिव पुरा भएको बताउदै कुनै कारण बस खोप छुटेकाहरुले वडामा जानकारी गराएको खण्डमा स्वास्थ्य शाखाले खोपको प्रकृया पुन संञ्चालन गर्ने बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस