२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

नवलपुरबाट कांग्रेसको केन्द्रीय सदस्यमा ९ जना आकांक्षी

२०७८ मंसिर २१, मंगलबार प्रकाशित ( साल अघि) २२१९ पाठक संख्या

कावासोती  । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको नजिकिएसँग अबको नेतृत्व लिनका लागि नेताहरुको दौडधुप सुरु भएको छ । मंसिर २५ गते हुने महाधिवेशनबाट कांग्रेसको भावी नेतृत्वको लागि झन्डै आधा दर्जन बढी नेताहरु अग्रसर देखिएका हुन् । सभापति शेरबहादुर देउवा पुनः सभापति पदमा दोहोरिने आकांक्षा देखाइ रहँदा वरिष्ठ नेता रामचन्द्र पौडेल पनि एक पटक पार्टीको नेतृत्वमा पुग्ने दौडमा छन् ।

पदाधिकारीका लागि भइरहेको तीव्र दौडधुपका बीच कांग्रेसमा यसपटक केन्द्रीय सदस्य बन्नका लागि पनि दौडधुप सुरु भएको छ । पहिलो पटक केन्द्रीय सदस्य बन्ने होडमा कांग्रेसको भातृ संस्था नेविसंघ र तरुण दलका पूर्व तथा वर्तमान पदाधिकारीहरुको बाहुल्यता देखिन्छ । १४ औं महाधिवेशनमा भने नवलपुरबाट ९ जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका छ्न ।

नवलपुरबाट गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले खुल्ला तर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका छन । २०४८ देखि निरन्तर नेपाली कांग्रेस नवलपरासीको सभापति रहेका नेपाली कांग्रेसको १२ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए भने नवलपुर क्षेत्र नं १ ( क ) बाट गण्डकी प्रदेश सभामा निर्वाचित उनि गत जेठमा गण्डकी प्रदेशको मुख्यमन्त्रीमा निर्वाचित भएका थिए ।

सभापति शेरबहादुर देउवा पक्षबाट केन्द्रीय सदस्य बन्नका लागि नेपाली कांग्रेसका महासमिति सदस्य एवं नवलपुर क्षेत्र नं २ का प्रत्यासी समेत रहेका नेता विष्णुकुमार कार्की केन्द्रीय सदस्यका लागी आंकाक्षी हुन् । देउवा समुहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेको उनि निकट स्रोतले जानकारी दियो । उनले जिल्ला र प्रदेशका नेता, कार्यकर्ता र केन्द्रीय नेतासँग चुनावी अभियानसमेत तीव्र पारेका छन्।

त्यस्तै नवलपुर जिल्लाका अर्का नेता एवं नेपाल राष्ट्रिय मगर संघका केन्द्रीय सभापति ओम बहादुर घर्ती मगर (ओम थापा) पनि आदीवासी जनजाती कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका छन्। सभापति देउवा निकट मानिएका थापा पनि कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य बन्ने होडमा देखिएका छन् ।

जिल्लाबाट संगठन विभागकी केन्द्रीय सदस्य समेत रहेकी महिला नेतृ सिता पाण्डे देवकोटाले पनि कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताईन । सभापति शेरबहादुर देउवा समुहबाट पाण्डे पनि दौडधुपमा देखिईकि छन् ।

नेपाली कांग्रेसको आसन्न १४ औं महाँधिवेशनमा नेपाली कांग्रेसका महासमिति सदस्य तथा युवा नेता श्याम श्रेष्ठले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । उनले जनजाति तर्फको केन्द्रिय सदसस्यमा उम्मेद्वारी दिने भएका हुन् । नेपाली कांग्रेस तरुण विभाग केन्द्रीय सचिब समेत रहेका श्रेष्ठले पार्टीलाई विधि र प्रक्रिया अनुरुप चलाउन आफ्नो उम्मेद्वारी रहेको बताएका छन् ।

‘लोकतन्त्रको सुदृढीकरण, पार्टी संगठनको निर्माण संगै अग्रजको सम्मान, नयाँ पुस्तालाई प्रोत्साहन गर्दै संगठन निर्माण, अभिलेखीकरण तथा राजनीतिक र सैद्धान्तिक बहस गर्दै युग सुहाउँदो संगठन निर्माणलाई जोड दिएर अघि बढ्ने योजना रहेको  श्रेष्ठले बताए ।

पौडेल–कोइराला गुटबाट केन्द्रीय सदस्यका लागी आकांक्षिमा नेपाल शिक्षक संघकी पुर्व राष्ट्रिय उपाध्यक्ष तथा सार्क शिक्षक महासंघकी पुर्व उपाध्यक्ष समेत रहेकी विष्णुदेवी पाण्डेले उम्मेदवारी दिने भएकी छन् । उनले ( खस आर्य महिला ) कोटाबाट केन्द्रीय सदस्यमा प्रतिस्पर्धामा उत्रिने बताइन् ।

त्यस्तै अर्का जिल्लाबाट राजनीतिक विष्लेशक एवं लेखक शंकर तिवारीले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताए। गगनकुमार थापा निकट रहेका तिवारीले गगन थापा रहने समुहबाट आफ्नो उम्मेदवारी रहने प्रस्ट पारे । राष्ट्रिय तथा अन्तराष्ट्रिय पत्रपत्रिकामा स्तम्भकार रुपमा परिचित तिवारीका नेपाली कांग्रेस सँग सम्बन्धित तथा अन्य पुस्तकहरु प्रकाशित गरेका छन् ।

त्यसै गरि नेवि संघ पुर्व केन्द्रीय सदस्य रहेका युवा नेता गणेश सापकोटाले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताएका छ्न । पटक पटक नेवि संघ र पार्टी भित्र विधि स्थापति हुन पर्छ भन्दै आमरण अनसन लगाएतका आन्दोलन गरेर चर्चामा आएका सापकोटा कृष्णप्रसाद सिटौला, प्रदीप पौडेल र गगन थापा निकट मानिन्छन ।

त्यस्तै अर्का नेपाली कांग्रेसका महासमिती सदस्य गजेन्द्र बहादुर आले कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। उम्मेदवारी घोषणासँगै उनले जिल्ला र केन्द्रीय नेतासँग चुनावी अभियानसमेत तीव्र पारेका छन् । आले महामन्त्री डा. कोइराला- पौडेल निकट हुन् ।

देउवा र पौडेल दुबैजना पार्टी नेतृत्व युवा पुस्तामा हस्तान्तरण गर्न तयार हुनुपर्ने आवाज बलियो देखिए पनि दुबै जना नेतृत्व हस्तान्तरणमा तयार छैनन् । जसका कारण दुबै पक्षबाट पदाधिकारीमा आ–आफ्नै ढंगले लविङ सुरु भएको छ । महाधिवेशनसम्म कांग्रेसमा कस्तो समीकरण बन्ला त्यो हेर्न बाँकी छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%७%२%२%३%

प्रतिक्रिया दिनुहोस