२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

दुम्कौलीमा १ सय ५८ जनाले गराए निशुल्क आखाँ परिक्षण

२०७८ मंसिर २१, मंगलबार प्रकाशित ( साल अघि) १०४९ पाठक संख्या

देवचुली  । नेपाल नेत्रज्योती संघ, भरतपुर आखाँ अस्पताल र चौधरी फाउण्डेशनको संयुक्त आयोजनामा मंगलवार देवचुली वडा नम्बर २ मा निशुल्क आखाँ परिक्षण शिविर सम्पन्न भएको छ ।

आखाँमा देखिने विभिन्न समस्याहरुको उपचारबाट बञ्चित बनेका विपन्न समुदायका व्यक्तिहरुको निशुल्क आखाँ परिक्षण गरिएको देवचुली नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष माधव केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मोतीयाविन्दु भएका, शिविरबाट शल्यक्रियाकालागि छनोट भएकाहरुको निशुल्क शल्यक्रिया गरिने समेत बताउनुभयो । उक्त शिविरबाट १ सय ५८ जनाले आखाँ परिक्षण गराएका थिए । परिक्षण गराएका मध्ये २७ जनामा मोतीयाविन्दु देखापरेको जनाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस